सांग्रिला बैंकले ल्यायो नयाँ बचत खाता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ बचत खाता ‘बचत पनि बिमा पनि’ सञ्चालनमा ल्याएको छ । जीवन सुरक्षा(सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरू सञ्चालनमा ल्याएको हो ।

ती खाताहरू खोल्ने ग्राहकलाई जम्मा १६ लाख सम्मको बिमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घातक रोगको उपचार बिमासम्बन्धी सुविधाहरू रहेका छन् । खाता खोल्दा ग्राहकहरूले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात ५ हजार, १५ हजार र २५ हजार रहेको छ ।

प्रतिक्रिया