काठमाडौं । ‘मिस एसइई युनिभर्सल २०१९’ का २० प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । जोरपाटीस्थित नामी कलेजमा आयोजित ट्यालेन्ट राउन्डमा उनीहरूले नृृत्य, गायन, वृत्तत्वकला लगायतका प्रतिभा देखाए ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेष्ठ, सजीना नेपाल, नम्रता थापा, ममता ओली, झरना थापामगर, करिना मानन्धर, सञ्चिता लामा, विविशा लमिछाने, अनुजा पुरी, प्रीति खड़का, विना घले, नामग्याल तामाङ, इशा केसी, रिया गहतराज, स्नेहा लामा तामाङ, दीक्षा राई, दीक्षा ढकाल, प्रनिका श्रेष्ठ, अदीति सुनुवारलगायतका प्रतियोगी सहभागी छन् । आश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको फाइनल आगामी ३० गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने जनाइएको छ । जसमा शीर्षसहित विभिन्न आधा दर्जन विधामा विजेता छानिने छन् ।
मोडल अभिनेता दिवस धिताल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल टुरिजम २०१९’ छिरिङ डोल्मा शेर्पा लगायत निर्णायक रहेको ट्यालेन्ट राउन्डका उत्कृष्ट एक प्रतिभाले ‘मिसेस ट्यालेन्ट’ उपाधि समेत जित्न सक्नेछन् ।
आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगिताको एसइई दिएर बसेका छात्राको आत्मविश्वास बढाउने ध्येय राखिएको आयोजकले जनाएको छ । ग्ल्यामका सिइओ प्रीती कार्कीले एसइई दिएर बसेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्य प्रतियोगिताको रहेको बताइन् ।
प्रतिक्रिया