कविता – तँ मेरो दोषी प्रेम

धना आचार्य,  समाजसेवी

 

बाटोमा छापिएका काँडाले झैं अल्मल्याउने प्रेम ।
अनेक तर्क उब्जाएर दिमाग खल्बल्याउने प्रेम ।।
परिभाषा यस्तै थियो दुई आत्माको मिलन हो प्रेम ।
साथी साथीको मित्रता तोड्ने तँ मेरो दोषी प्रेम ।।

तन, मन, रुप बदल्न सक्ने शक्तिशाली प्रेम ।
रगतको नाता समेत भुल्न सक्ने भुलकहो प्रेम ।।
आँखाको तालहरुमा डुब्न सक्ने गहिराईहो प्रेम ।
मित्रतामा समेत शंकट ल्याउने तँ मेरो दोषी प्रेम ।।

कल्पनाहरु सजाएर यथार्थमा नङ्गयाउन सक्ने प्रेम ।
यादहरु दिलाएर क्षितिजमै बिलाउन सक्ने प्रेम ।।
कता कता सुन्य लाग्छ सितलको छाहारी हो प्रेम ।
मत जिउँदै जल्नु परेको छ तँ मेरो दोषी प्रेम ।।

एकै जीवन दुई मोड बन्न सक्ने दोशादको प्रेम ।
दुई डुङ्गामा एकै खुट्टा राख्न खोज्ने दोधारको प्रेम ।।
परिभाषामा भन्ने गर्छन् सागरको गहिराई हो प्रेम ।
साथीको साथित्वमा दाग ल्याउने तँ मेरो दोषी प्रेम ।।

मेरो त बालुवाको घर सरि भत्किएको प्रेम ।
खडेरिको भुमी सरि मुटु चिरिएको प्रेम ।।
भन्ने गर्छन् जीवन जिउँने आधार हो प्रेम ।
म त जीउँदै जल्नु परेको छ तँ मेरो दोषी प्रेम ।।

                                                                                             

प्रतिक्रिया