काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका ३ झम्सि खेल तथा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका १०, शंखमूलमा नयाँशाखा विस्तार गरेको छ । उल्लिखत शाखाहरू सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।
बैंकले आगामी दिनहरूमा पनि देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।
प्रतिक्रिया