रारा प्रथम ट्रेल रनको उपाधी बुढालाई

मुुगु । नेपाली सेना श्रीदल गुल्म राराको आयोजनामा बुधवार प्रथम रारा ट्रेल रन प्रतियोगिताको प्रथम उपाधी जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ का दुर्गबहादुर बुढाले जितेका छन ।  बुढाले ताल वरिपरि १५ किलो मिटर दुरी ५५ मिनेट ३८ सेकेन्डमा पार गरि एक लाख नगद पुरस्कार जितेका हुन ।

त्यस्तै जूम्लाकै कनका सुन्दरी–१ कै धिरबहादुर बुढा दोस्रो,त्रिभुवन आर्मी क्लबका नवराज सावत तेस्रो , भीमबहादुर बुढा चौंथो र कनका सुन्दरी १ का प्रकाश कठायत पाँचाँै स्थानमा आएका छन । प्रथम लाई एक लाख, दोस्रो ६० हजार ,तेस्रो ४० हजार चौंथो २० हजार र पाँचौलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको छ भने सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको छ । अन्तराष्ट्रिय जैविक विविधता दिवशका अवसरमा नेपाली सेनाले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी वल तथा देश भरिका १ सय ३० जना खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा उत्तर पश्चिम पृतनाका पुतना पति उपरथि सरोजप्रताप राणाले उद्घाटन गरेका हुन ।

प्रतिक्रिया