एभरेस्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेस्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारी ले हस्ताक्षर गरे ।

सो सम्झौता अन्तर्गत एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट कुनै पनि किसिमको बीमा लेख लिनु भएका बीमितले (प्राकृतीक व्यक्ति) काठमाडौं धुम्बराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराउँदा उक्त हस्पिटलबाट विभिन्न स्वास्थ्य उपचार सेवामा १० प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

प्रतिक्रिया