सेवाग्राहीले दिए सेवा प्रदायकलाई अंक

अर्घाखाँची । स्वाथ्यचौकीमा दिने सेवा प्रवाह तथा अन्य सेवा सुविधा र भौतिक निर्माण विभिन्न सवालहरूमा सरोकारवालाहरूले अंक प्रदान गरेका छन् ।

समूह बनाएर सेवाको अवस्था र प्रभावकारिताको बारेमा विभिन्न विषय बनाई आफैँ तयार गरी प्रत्येक विषयलाई सय अंक मानी औषधि, भवन, खानपानी, सुशासन तथा प्रशासनजस्ता विषयहरू तयार गरी अंक प्रदान गरेका छन् ।

दुवै पक्षले नै आफ्नो विश्लेषण र छलफल गरी तर्कसहित सहमतिको अंक तयार गरी विभिन्न पक्षमा सुधार गर्ने कार्ययोजना बनाइएको सहभागी कृष्ण पाण्डेले बताए ।

अर्की सहभागी छत्रदेव–७ निवासी माया परियारलेले भनिन्, ‘यो कार्यक्रम महत्वपूर्ण लाग्यो हामीहरूले नै सेवाप्रवाह र अवस्थाको मूल्यांकन गरी दोहोरो तेहेरो छलफल गरी सेवा लिनेदिने दुवैले आपैmँ नम्बर दियौँ । आशा छ केही सुधार हुन्छ यस्तो कार्यक्रम जताततै गर्नुपर्छ ।’

एकीकृत ग्रामीण विकास समाजको आयोजनामा आयोजित पारस्पारिक परियोजनाअन्तर्गत स्वाथ्यचौकी भगवतीको सामुदायिक अंक तयार गर्ने काम चरणवद्ध रूपमा सरोकारवालाका बीचमा भएको कार्यशाला विभिन्न विषयमा स्वाथ्यचौकीका सुधार गर्ने योजनासँगै जनप्रतिनिधिका प्रतिवद्धतासहित बिहीबार छत्रदेव गाउँपालिका–७ भगवतीमा कार्यक्रम सम्पन्न भएको हो ।

सेवाग्राही, सेवाप्रदाय, जनप्रतिनिधि नागरिक समाजसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उल्लेख्य उपस्थितिमा विभिन्न चरणमा सञ्चालन भएको कार्यक्रम निकै नयाँ र प्रभावकारी भएको पत्रकार अनिल भुसालले बताए ।

यस्ता खालको कार्यक्रमले विभिन्न संघ, संस्था र सार्वजनिक प्रशासन सुधार गर्न र जनप्रतिनिधिलाई जनताप्रति अझ बढी जिम्मेवार हुनुका साथै समग्र विकास र संस्थागत क्षमता विकासमा ऐतिहासिक कार्यक्रम भएको हुँदा कार्यक्रम नियमित र सबै संघसंस्थामा गर्नुपर्ने वडा–७ का वडाध्यक्ष तथा स्थानीय सभाका संयोजक शोभाखर पाण्डेले बताए

निकै नयाँ कार्यक्रम सेवाग्राहीले सेवा प्रदायको सेवाको बारेमा जनता आफैँले नै अंक दिने हँुदा के कमजोर रहेछ के आवश्यकता छ साथै चौकीले सुधार गर्नुपर्ने विषय के छ र हाम्रो पक्षबाट पनि अंक प्रदान गरिएकोले सबै सरोकारवाल पक्षलाई जानकारी भयो । यो कार्यक्रममा हामीहरूले केही संस्थागत सुधार तथा भौतिक पूर्वाधार विकासका कामहरू गर्नका लागिसमेत निश्चित समय तोकी निर्धारित समयमै काम सम्पन्न गर्ने कार्ययोजनासमेत बनाएको र कार्यक्रमले सबै पक्षलाई उत्साहित भएको स्वाथ्यचौकी इन्चार्ज कमल पाण्डेले जानकारी दिए ।

सुशासन र पारदर्शिताका क्षेत्रमा गुल्मी र अर्घाखाँचीमा सञ्चालन भएका विभिन्न कार्यक्रम दिनप्रतिदिन प्रभावकारी हुँदै गएको पारस्पारिक जवाफदेहिता परियोजनाकी कार्यक्रम संयोजक हिरा कँुवरले बताइन् ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया