बलात्कार र हिंसापछि तड्पिरहनुपर्छ

इलाम सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा लगेर बलात्कार गरे । उनलाई सुरुमा सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए ।

त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । ‘म त जेल परें परें । म निस्किए भने त पनि बाँच्दिनस् भनेर धम्क्याउँछ, साहै्र पीर परेको छ,’ युवतीले भनिन्, ‘कति समय जेल बस्छ पनि थाहा छैन । यदि निस्किहाल्यो भने त मार्छ होला ।’ उनी निकै त्रसित छिन् ।

युवती यहीँ विषयलाई लिएर पटक–पटक प्रहरी कार्यालयसमेत धाउने गरेकी छिन् । पीडकको जेल जीवन धेरै समय रहेकाले डराउनु नपर्ने सन्देश पाएपछि घर फर्किएर जान्छिन् । युवती भन्छिन्, ‘अहिले पनि धम्की आइरहन्छ । के गर्ने भन्ने नै अन्योलमा छौं ।’ यहीँ विषयलाई लिएर युवती चिन्तित हुने गरेको युवतीकी आमाले समेत बताइन् । युवतीकी आमाले भनिन्, ‘त्यो दिन त्यस्तो घटना घट्यो तर, जेल परेपछि समाधान हुन्छ भन्ने सोचेकी थिएँ । आपत् हटेको छैन ।’ पीडितका परिवार समेत त्रसित छन् ।

यस्तै, सन्दकपुर गाउँपालिकाकै सुलुबुङकी एक बालिकालाई ५० वर्षीय भीमप्रसाद पाठकले दुर्व्यवहार गरे । बेलुकाको समयमा बालिका विद्यालयबाट फर्किएपछि घर बाहिर पेटीमा बसिरहेका बेला ‘मलाई चिन्छेस् छोरी, म ठूलो बुवा हुँ’ भन्दै बालिकाको संवेदनशील अङ्गमा समाएको बालिकाकी आमाले बताइन् ।

‘म घरभित्र थिएँ, उनी (भीमप्रसाद पाठक) घरमा आए र बाख्रा छ भने र बाख्रा पछि लैजाउँला भन्दै बाहिरिए,’ १२ वर्षीया बालिकाकी आमाले भनिन्, ‘म त घरभित्र थिएँ । बाहिर छोरी आत्तिदै कराएको सुनें । बाहिर निस्केर हेर्दा त छोरीको गर्धन र छातीमा समाइराखेको देखें ।’

बालिकाकी आमाले तत्काल प्रहरीलाई फोन गरिन् । अहिले पाठक ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् । तर, यता पीडित बालिकालाई भने घरबाट टाढा पु¥याइएको छ । पाठकको दुर्व्यवहारपछि समाजले हेर्ने %

प्रतिक्रिया