५० शैय्याको अस्पताल बन्दै

मुगु । प्रस्तावित ५० शैय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग कोइकाको २५ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माणाधिन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

०७३ साल साउनको अन्तिम सातादेखि थालिएको अस्पताल भवनको निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्को छ  । लुम्बिनी बिल्डर्सले निर्माण कार्यको जिम्मा लिइएको र काममा अब रंगं रोगंन मात्र बाँकी छ । भवनको स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने भित्री भागको फिनिसिङ, रंगरोगन, पर्खाल, पानी ट्यांकीलगायतका काम धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल भवन समयमा सकिने र अहिलेसम्म ९५ प्रतिशत काम सकिएको कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँरले बताए । उनका अनुसार ०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भएको भएपनि सडक बन्द, सामान ढुवानीमा समस्याका कारण बैशाख मसान्तसम्म निर्माण कार्य नसकिएको बताउँदै ०७६ साल पुस मसान्तसम्म सकिने उनको भनाइ छ ।

प्रस्तावित ५० शैय्याको निर्माणाधिन अस्पताल तीन तले भएको र भवनमा ६० कोठा रहेका छन । अपांग मैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन निर्माणको काम भइरहेको कोइकाले जनाएको छ । भवन निर्माणको काम सम्पन्न भएपछि स्थानीयले सुविधासम्पन्न भवनबाट उपचार सेवा पाउनेछन । सुुविधा सम्पन्न अस्पताल निर्माणपश्चात् शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको ।

कोइकाका अनुसार अस्पताल भवन भूकम्पप्रतिरोधी हुनेछ । अस्पतालको चारैतिर पर्खाल, विद्युत सञ्चार र पानीको भरपर्दो व्यवस्था मिलाइने कोइकाले जनाएको छ

अस्पताल सञ्चालनमा आएपछि २० करोड बराबरको उकरण व्यवस्थापन गरिने छ । एक्सरे, भिडियो एक्सरे, ल्याब लगायत मुगुमै जटिल रोगको शल्यक्रिया गर्ने व्यवस्थासहित अस्पताल हस्तान्तण गरिने कोईकाले जनाएको छ ।

प्रतिक्रिया