स्वीच अनको फ्रेन्चाइज मिट

काठमाडौं । मल्टी ब्रान्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेठ १ गतेदेखि जेठ ३ गतेसम्म पहिलो पटक फ्रेन्चाइज मिटको आयोजना गरेको छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाइमेक्स, ओस्राम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्रान्डहरू रहेको स्वीच अन इलेक्ट्रोनिकको विक्रेता हो ।

देशभरका फ्रेन्चाइजी पार्टनरहरूले स्वीच अनको तीन दिने फ्रेन्चाईज मिटमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । उनीहरूलाई उच्च प्रदर्शन गर्न एवं ग्राहकहरूको अनुभव बढाउँन उत्पादन, सफ्ट स्कील तथा अकाउन्ट लगायतमा प्रशिक्षण दिइएको छ ।

फ्रेन्चाईज मिटले फ्रेन्चाईजी पार्टनरहरूलाई प्रतिस्पर्धात्मक लाभहरू लिन मद्दत पुग्ने विश्वास गरिएको छ । स्वीच अनका देशभर २२ वटा फ्रेन्चाईज पार्टनरहरू रहेका छन् जसमार्फत् टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, कुलर, एलईडी लाईट, स्पीकर, घडी जस्ता घरयासी सामग्रीहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया