विश्व राफ्टिङ च्याम्पियनसिपः स्प्रिन्टमा नेपाललाई पाँचौं स्थान

काठमाडौं । अस्ट्रेलियामा जारी १८ औं विश्व राफ्टिङ च्याम्पियनसिपमा नेपालले पाँचौं स्थान हात पारेको छ । नेपालकी पुरुष टिमले स्प्रिन्ट स्पर्धामा पाँचांै स्थान हासिल गरेको हो ।

विश्व राफ्टिङको स्प्रिन्टमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गरेको नेपालले क्वीन्सल्यान्डस्थित टाली नदीमा निर्धा्रित दूरी २४७ दशमलव ७८ सेकेन्डमा पूरा गर्दै नेपालले पाँचौं स्थान हासिल गरेको हो ।

प्रतिस्पर्धामा ब्राजिलले स्वर्ण जित्दा जापानले रजत र रुसले कांस्य जित्न सफल भयो । सुरज गुरुङको कप्तानिमा रहेको नेपाली टोलीमा दीपेश गुरुङ, सविन गुरुङ शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ र रविल मियाँ रहेका थिए ।

प्रतिक्रिया