रावा बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

काठमाडौं । राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरे । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै बैंकको आफ्नै प्रशस्त पाकिङ्ग र सुरक्षित स्थान भएकोले ग्राहकले सस्तो र सुलब दरमा यो सेवा उपभोग गर्न सकिने बताए ।

हाल करिब तिन हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर एक हजार पांच सय देखि तिन हजार रुपैंया सम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ । बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृत टेकराज जोशी, नि.विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, प्रदेश नम्बर ३ का नि.प्रमुख सोनी श्रेष्ठ, शाखा कार्यालय दरबारमार्गका प्रबन्धक रामकुमार थापा लगायतको उपस्थिती रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया