खाँडाचक्रको नगरसभा सम्पन्न

कालिकोट । खाँडाचक्र नगरपालिकाले शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, कृषि पशु, वन, खानेपानीलगायत विकास निर्माणमा आगामी आर्थिक वर्षमा धेरै जोड दिने भएको छ । खाँडाचक्र नगरपालिकाको पाँचाँै नगरसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

खाँडाचक्र नगरपालिकाका ११ वटा वडाका विभिन्न समस्याहरूको पहिचान गरी समुदायस्तरमा सहज रूपमा सेवा प्रवाह गर्दै विकासका दृष्टिकोणले जिल्लाका नौ वटा स्थानीय तहमा केही फरक बनाउने उद्देश्यका साथ पाँचाँै नगरसभाको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले बताए । आव ०७५÷७६ मा केकस्ता कार्यक्रमहरू, नीति नियमहरू र नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधिको मुख्य भूमिकाको विषयमा नगरसभामा छलफल गरिएको पंगेनीले बताएका छन् ।

खाँडाचक्र नगरपालिकाको नगरसभाबाट आव ०७५÷७६ मा विनियोजित कुल बजेट ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ मध्ये चालुतर्फ २९ करोड ४८ लाख ५८ हजार २ सय ५० रहेको र पुँजीगततर्फ १२ करोड ३९ लाख ३८ हजार ३ सय १५ रहेको नगरसभामा जानकारी दिइएको छ ।

विगतदेखि नै विकट मानिँदै आएको कर्णाली अनि कर्णाली भित्रको एक जिल्ला हो कालिकोट । यहाँका मानिसलाई सिटामोल खान पनि समस्या हुने गर्दछ । जहाँ विकास निर्माणका हिसाबले जहिले पछि परिरहेको हुन्छ । यसै ठाउँको समृद्धीको लागि नगरपालिकाले आफ्नो पालिकाको लागि तीन वटा ऐन पारित गरेको छ ।

खाँडाचक्र नगरपालिका स्वास्थ्य तथा सरसफाई ऐन–२०७६, खाँडाचक्र नगरपालिका न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन–२०७६ र खाँडाचक्र नगरपालिकाको सहकारी ऐन–२०७६ पाँचाैँ नगरसभाबाट पारित गरेको छ । नगरसभामा उपस्थित ११ वटै वडाका जनप्रतिनिधि र केही सर्वसाधारणको मनमा भने केही आशा पलाएको छ ।

नगरप्रमुख जसीप्रसाद पाण्डेले भने, ‘खाँडाचक्र नगरपालिमा आफू चुनाव लड्दा गरेका प्रतिवद्धताहरूको छेउमा पुगिसकेको बताएका छन् । पाण्डेका अनुसार दुई वर्षको कार्यकालमा पहिलेको भन्दा अहिले धेरै विकास भएको ठहर गरेका छन् ।

तीन वटा ऐन पारित हुँदा स्थानीयले शिक्षा, स्वास्थ्य, सहकारी लगायतका विभिन्न क्षेत्रमा विकासको आश गरेका छन् ।

प्रतिक्रिया