हङकङकाे संसदमा सांसहरूबीच हात हालाहाल

हङकङ । सुपुर्दगी कानुनमा परिवर्तन गर्त खोजिएपछि हङकङको संसदमा हात हालाहाल भएको छ। उक्त कानुनमा आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि परिवर्तन गर्न खोजिएको थियो ।

झगडामा केही सांसद घाइते भएको र एक सांसदलाई अस्पताल लगिएको छ ।

प्रस्तावित कानुनका विरोधी गर्नेहरुले उक्त परिवर्तनले हङकङमा रहेको स्वतन्त्रतालाई खुम्च्याउने बताएका छन् । तर अधिकारीले भने हत्यामा आरोपित एकजनालाई ताइवान पठाउन सो परिवर्तन गर्न खोजिएको बताएका छन् ।

विधेयकका समर्थक र विरोधी सांसदहरूले संसदमै झगडा गरेका हुन् । एक जना चीन समर्थक सांसदले शनिवार हङकङका लागि एउटा दुखद दिनु भएको बताएका छन् ।

प्रतिक्रिया