विगतमा काठमाडौवासीले फुटबल खेल्ने र बिहान–बिहान भ्रमण गर्ने खुल्लामञ्च अहिले कचरा मञ्चजस्तै भइसकेको छ । खुलामञ्च क्षेत्र भनेको परापूर्वकालदेखि नै काठमाडौंवासीहरूको सन्धी सर्पन हो । तर, पछिल्लो समयमा भूमाफियाहरू यति सल्वलाएका छन् की काठमाडाैं उपत्यकामा खुल्ला ठाउँहरू देख्नै हँदैन अतिक्रमण गरिहाल्छन् ।
खुल्लामञ्च अतिक्रमाणको त के कुरा प्रधानमन्त्री निवासको जग्गासमेत अतिक्रमण भइसकेको अवस्था छ । प्रधानमन्त्री निवासले चर्चेको जग्गा भूमाफियाहरूले मात्र नभइ नेताले समेत अतिक्रण गरेको अप्रिय समाचार सुन्नुपरेको छ । सरकारद्वारा गठितत्रिताल आयोगले नै यो कुरा प्रमाणित गरेको हो ।
कुरा गरौँ खुल्लामञ्चको । दुई वर्ष अगाडि राष्ट्रियसभा गृह पछाडिको पुरानो बसपार्क सारिएपछि खुल्लामञ्चको दुर्दशा सुरु भएको हो । अहिले खुल्लामञ्चमा बसपार्क सञ्चालन भइरहेको छ । पुरानो बसपार्कमा काठमाडौं महानगरपालिकाले २५ तल्लाको व्यापारिक भवन भ्यु टावर निर्माण गर्नको लागि पुरानो बसपार्कलाई पुरानो वीर अस्पताल अगाडिको खुल्लामञ्चमा राख्न ल्याएको थियो ।
खुलामञ्च क्षेत्र भनेको परापूर्वकालदेखि नै काठमाडौंवासीहरूको सन्धी सर्पन हो । तर, पछिल्लो समयमा भूमाफियाहरू यति सल्बलाएका छन् की काठमाडाैं उपत्यकामा खुल्ला ठाउँहरू देख्नै हँदैन अतिक्रमण गरि हाल्छन् । महानगर पालिकाले वैशाख १ गतेदेखि काठमाडांैको केही स्थानमा स्मार्ट पार्किङकोे व्यवस्था गर्ने घोषणा गरेको थियो । तर, यो घोषणा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणजस्तै हावादारी सावित भएको छ
अस्पताल जस्तो सबेदनशिल क्षेत्रमा बसपार्क संचालन गरिनु आफँैमा लापरवाहीको चरम नमुना हो । वीर अस्पतालका विरामीहरूले स्वच्छ स्वाससम्म फेर्न पाइरहेका छैनन् । बस पार्कमा हुने भिडभाड, कोलाहल, ध्वनिप्रदुषण र वायु प्रदुषणले अस्पतालका विरामीलाई कतिसम्म हैरानी पारेको होला ? तर, वीर अस्पताल प्रशासन मौन छ । यसमा कसैको ध्यान गएको देखिँदैन । नेपालको सबैभन्दा पुरानो तथा गरिबले उपचार पाउने वीर अस्पतालको यो दुर्दशाप्रति सरकार तमासे बनेको छ ।
पछिल्लो समयमा खुल्लामञ्चको बसपार्कमा गैरकानुनी रूपले सटरहरू निर्माण गरी पसलहरूसमेत संचालन भएको काण्डले ठूलो तहल्का मच्चायो । तर, पनि सर्वसाधारणहरूले देखेको पसलहरू भने काठमाडौं महानगरले देखेको छैन भनेर टा¥यो । मेयर विद्यासुन्दर शाक्यले त १५ दिन अघि मात्रै आफूले यो जानकारी पाएको दाबी गरे ।
जानकारी पाउना साथ छानविनको लागि आफूले उपमेयर हरिप्रभा खड्गीलाई छानविन गर्न निर्देशन दिएको तर उपमेयर खड्गीले प्रतिवेदन बुझाउन ढिलाइ गरेको दाबी मेयर शाक्यले गरे । पहिलो कुरा त मेयरले उपमेयरलाई निर्देशन दिने होइन । विधिवत रूपमा पत्रलेखेर आग्रह गर्ने हो । तर मेयर शाक्यले विधिवत पत्र लेखेर आग्रह गरेका रहेनछन् । उनले मौखिक निर्देशन दिएका रहेछन् । जनताको ठूलो दबाब पछि काठमाडौं महानगरपालिकाले डोजर लगाएर सटर त भत्काएको छ, तर बसपाकको रूपमा खुलामञ्च कहिलेसम्म ओगटिने हो ? निश्चित छैन ।
खुलामञ्चजस्तो सन्धिसर्पन विगत दुई वर्षदेखि गिरोहद्वारा ओगटिँदा पनि नदेख्ने गरी काठमाडौं महानगरपालिकाको आँखा फुटेको हो ? वा कमिसनको रकमले आँखा टालिएको हो ? काठमाडौंवासीले प्रश्न गर्न थालेका छन् । दुई वर्षका लागि भनेर भ्यु टावरको ठेकेदारलाई खुल्ला मञ्चमा बसपार्क सञ्चालन गर्न दिएको महानगरपालिकाले हो । तर, त्यो दुई वर्ष वितिसकेको छ । भ्यु टावर निर्माणको गति हेर्ने हो भने अझै १० वर्ष खुलामञ्चमा बसपार्क सञ्चालन भइरहने अवस्था छ । किनकी पुरानो बसपार्कमा भ्यु टावर निर्माण गर्ने कामको प्रगति यो दुई वर्षको अवधिमा ५ प्रतिशत पनि भएको छैन ।
यसैपनि, काठमाडौंमा खुला ठाउँको अभाव थियो । चार वर्ष अघि विनासकारी भूकम्प जाँदा खुलामञ्चले हजारौं काठमाडौंवासीलाई महिनौसम्म शरण दिएको थियो । राजधानी काठमाडौंका कतिपय सार्वजनिक जग्गाहरू गुठिका नाममा थिए । जसलाई राजधानीवासीले सन्धिसर्पनका रूपमा प्रयोग गर्थे । तर आज ती रहेको सार्वजनिक सम्पदा स्थलका जग्गाहरू भुमाफियाहरूले निजिगरी तारे होटल र बिजनेस कम्प्लेक्सहरू बनाइसकेका छन् । भूमाफियासँगको साँठगाँठमा राजनीतिक नेतादेखि बैंकरको नामसमेत जोडिएको समाचार आएका छन् । त्यसोत कतिपय सार्वजनिक जग्गाहरूमा संघीय सरकार तथा स्थानिय सरकारले नै व्यापारिक भवनहरू निर्माण गरेका छन् । त्यसैगरी, कतिपय निजि जग्गाहरूमा पनि अग्ला–अग्ला भवनहरू, व्यापारिक मलहरू निर्माण भइरहेका छन् ।
काठमाडौं उपत्यकालाई सांस्कृतिक नगरी, मन्दिरै मन्दिरको देश, सांस्कृतिक सम्पदाको सहर भन्ने गरिन्छ । यसरी विश्वमा नै परिचित कान्तिपुर नगरी पछिल्लो समयमा कंक्रिट जगलको रूपमा परिवर्तन भइसकेको छ । त्यसो त सास्कृतिक सम्पदा नगरीलाई कंक्रिटको जंगल बनाउनमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र भूमाफियाहरू सक्रिय छन् । कतिपय अवस्थामा स्वयं काठमाडौं उपत्यकाका रैथानेहरू पनि जिम्मवार छन् भन्दा फरक नपर्ला ।
विगतमा काठमाडौं उपत्यका हरियो तरकारी र अन्नपातको भण्डार मान्न्थियो । तर, हरियो तरकारी र अन्नपात फल्ने मलिला जग्गाहरूमा पछिल्लो समयमा अग्ला–अग्ला कंक्रिट भवनहरू, विजनेश कम्प्लेक्सहरू फलिरहेका छन् । जसका कारणले काठमाडांै उपत्यका क्रंक्रिट जंगलको रूपमा परिवर्तन हदै गएको हो । यस्तो अवस्थामा स्वयं काठमाडाैं नगरपालिकाले २५ तले व्यापारिक भवन निर्माण गर्न हुन्छ कि हुँदैन भनेर पनि बहस नभएको होइन । पुरानो बसपार्कमा २५ तल्ले भ्यु टावर बनाउन लागिएकोमा विरोधका स्वरहरू नसुनिएका होइनन् । विगतमा काठमाडौको मुटुमा रहेको खुल्लामञ्च काठमाडौवासीहरूको आराम गर्ने, विश्राम गर्ने थलो थियो ।
पछिल्लो समयमा राजनितिक गतिविधि गर्ने फुटपाथ पसल राख्ने , विभिन्न राजनीतिकदलहरूको आमसभाहरू गर्ने, गाडिहरू पार्किङ गर्ने, निर्माण सामग्रीहरू थुपार्ने बसपार्क सञ्चालन गर्ने गरि प्रयोग भइरहेको छ । जसका कारण काठमाडौंवासीहरू समस्यामा परेका छन् खल्ुलामञ्चमा विकृति विसगतिहरू पनि बढिरहेका छन् । विगतमा काठमाडौंवासीहरूले खेल्नको लागि प्रयोग गर्ने गरेका सबै सार्बजनिक खेल मैदानहरू पछिल्लो समयमा धमाधम अतिक्रमण भइरहेका छन । कतिपय सार्बजनिक खेल मैदानहरू सैनिकहरूले अतिक्रमण गरी विभिन्न भौतिक संरचनाहरू निर्माण गरिसकेका छन भने बाँकि रहेको एउटा खुलामञ्च पनि विभिन्न प्रयोजनको लागि प्रयाग भएको छ ।
पुरानो बसपार्कमा अग्लो भ्यु टावर निर्माण गर्न भन्दा पनि आधुनिक वैज्ञानिक स्मार्ट बसपार्क बनाउनुपर्ने भनेर त्यसवेला नै आवाजहरू उठेका थिए । तर, काठमाडांै महानगरपालिकाले आम नागरिकहरूको आवाजलाई वास्ता गरेन । सम्पदापे्रमीहरूको, पर्यावरणीय अभियन्ताहरूको आवाजलाई लत्याएर काठमाडौं महानगरपालिका भ्यु टावर बनाउनपट्टि लागेको थियो । दुई वर्षमा सकाउने भनेर निर्माण थालनी गरिएको भ्युटावरको ४ वर्ष बित्न लाग्दा जग पनि हालिएको छैन ।
अधिकांश नागरिकहरूको भनाइमा स्थानीय सरकार भनिने महानगरपालिकाको काम व्यापारिक भवन बनाई व्यापार व्यवसाय गर्ने नभई महानगरलाई सुन्दर, स्वस्थ्य, सफा , हराभरा सौन्दर्यको नगरी तथा व्यवस्थित सहर बनाउने हो । तर, पछिल्लो समय काठमाडांै महानगर सौन्दर्यविहीन हुँदैछ । सहरमा जहाँतहिँ तारहरू लट्किएको अस्तव्यस्तता देख्न सकिन्छ । जहाँतहिँ अव्यबस्थित फुटपाथ पसलहरू राख्ने गरिएको छ । जहाँतहीँ टाफिक जाम, जहाँतहिँ अस्तव्यस्त पार्किङ राख्ने गरिएको छ । महानगर पालिकाले वैशाख १ गतेदेखि काठमाडौको केही स्थानमा स्मार्ट पार्किङकोे व्यवस्था गर्ने घोषणा गरेको थियो । तर, यो घोषणा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणजस्तै हावादारी साबित भएको छ ।
प्रतिक्रिया