जनताको अब्बल लोकतान्त्रिक गन्तव्य यात्राको सुखद अनुभूति लोकतान्त्रिक शासन व्यवस्थामा मात्र गर्न सकिन्छ । जहाँ विचार एवं अभिव्यक्तिको स्वतन्त्रता मुखरितगर्ने संवैधानिक अधिकार मुलुकको मूल कानुन संविधानद्वारा निःशर्त रक्षा गरिएको हुन्छ । तर त्यसो भन्दैमा सबै खाले अराजक क्रियाकलापलाई लोकतान्त्रिक स्वतन्त्रताको नाममा छुट दिन राज्य बाध्य हुन सक्दैन ।
लोकतन्त्रको रक्षा मुलत मानवअधिकार तथा नागरिक स्वतन्त्रतामा निहित रहँदै यसैको जगमा माथि उठी सम्बद्ध राज्यमा निर्वाचन सम्बन्धी अवधारणालाई आत्मसाथ गर्ने चेष्टा गरिएको हो । निर्वाचनका माध्यमबाट आमजनसमुदायले आफ्नो जनप्रतिनिधिको चयन गर्ने हुँदा नागरिक समाजको हितविपरीत कहिले पनि लोकतान्त्रिक राज्य व्यवस्थाले आफ्नो मार्ग निर्धारण गर्न सक्दैन । जनप्रतिनिधीहरू पूर्णरूपले जनहितप्रति बफादार रहँदै कार्य गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको मूल चुरो हो ।
व्यवस्थालाई चुस्त दुरुस्त एवं मजबुत राख्नको लागि राज्यले केहि हदसम्म कठोर कानुनी रणनीतिहरू अवलम्बन गर्नुपर्ने हुन्छ । तथापि राज्यद्वारा अवलम्बन गरिएको कदममा निरकुशताको गन्ध हावि भए लोकतन्त्र सफल हुँदैन । लोकतान्त्रिक शासन पद्धतिलाई अंगीकार गर्ने राज्य—व्यवस्थाभित्र कुनै कारणले अराजकता वा निरकुशताका विविध स्वरूपहरू राजनीतिक आवरणमा समावेश हुने प्रवित्तिको विकासलाई लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको रूपमा हेर्न सकिँदैन ।
यस्तो अवस्थामा लोकतन्त्रले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्दैन । यस प्रकारको राजनीतिक पृष्ठभूमि यदी कुनै राज्यव्यवस्थामा अवतरण गराउने प्रयास गरिन्छ भने निश्चित रूपमा त्यहाँ अराजक परीस्थिती निमार्ण हुन्छ । किनकि यस प्रवृत्तिमा जनत्रासको अवस्था पैदाहुने हुदा अराजकता सुरु हुन्छ । जसले राज्यपक्षलाई बाध्यात्मक परिवेश सिर्जना गर्दै अराजकतालाई कथित प्रजातन्त्रको रूपमा रूपान्तर गर्ने प्रयत्नहरू हावी हुने प्रवल सम्भावनालाई नजर अन्दाजगर्न मिल्दैन । यस प्रवृतिमा जनमतलाई बेवास्ता गर्न उद्दत रहने राजनीतिक चरित्रको विकास हुने सम्भावना रहन्छ ।
जसलाई अराजकताको प्रखर रूप मान्दा फरक नपर्ला । जहाँ लोकतन्त्रको न्यूनत्तम आधारभूत सिद्वान्तहरू जोखिममा पर्नेछन् । तत्पश्चात नागरिक समाज सामू लोकतन्त्र स्वत ः बदनाम हुनगई अराजक तत्वको निशानामा लोकतन्त्र पर्छ । जुन मुलुक र नागरिक समाजको लागि निकै दुखद ः पक्ष हो । जहा विकास एवं समृद्धिका विवीध रूपमा पानी फाल्ने कोशिश गरिन्छ,, भने हाम्रा विकासका चाहनाहरू कोसौँ टाढा रहने अवस्था तयार हुनेछ । जसले लोकतन्त्रको हित गर्न सक्दैन ।
असहज परीवेशका कारण जनमतले नचाहँदा नचाहँदै पनि मौन समर्थन प्रदान गर्ने भएको हुदा लोकतन्त्रलाई सस्थागत गर्ने वाटोमा अवरोध उत्पन्न हुनेछ । यदि राज्यले सहि ढंगबाट कानुन व्यवस्था कायम राख्न सकेन भने लोकतन्त्र मुक दर्शक भई प्राप्त उपलब्धिहरू गुम्नेछ । राज्यपक्षले लोकतन्त्रवादी र अराजक प्रवृत्तिमा रमाउन चाहने तत्वको एकिन पहिचान सहित सम्बद्ध पक्षलाई हेर्ने दरिलो मापदण्डको आधारभूमि तयार पार्नुपर्ने हुन्छ । उक्त व्यवहारमा रत्तिभर विचलित नभई आफ्नो कार्यारम्भगर्नु नै वास्तविक लोकतन्त्रको रक्षागर्नु हो । यसको विपरीत त्राशको कारण अराजक व्यवहारलाई नै मान्यता प्रदान गर्दै जाने हो भने यस प्रकारको गतीविधिको अत्यधिकता कायममै रहनेछ । परिणाम स्वरूप मुलुकबाट आगामी कैयौ दशक सम्म शान्तिको पथमा अवरोध उत्पन्न हुने प्रवल सम्भावना रहन्छ ।
जब शान्ति बिथोलिन्छ तब लोकतन्त्रलाई झुरो बालेर खोज्नुपर्ने परिस्थितिको जन्म हुनेछ । लोकतन्त्रको सम्बद्र्धन अराजक व्यवहारको न्यूनीकरणमा निर्भर रहन्छ । अन्यथा अराजकतालाई अघोषित रूपमा सस्थागतगर्ने कार्यमा सहयोग गरेको मान्न सकिन्छ । योे लोकतान्त्रिक पद्धति विपरीतको गति भएको हुदा अराजकतामा लोकतन्त्र खोज्ने प्रयत्न कदापि पनि नगराँै । एवं प्रकारले अराजक क्रियाकलापलाई नियन्त्रणगर्ने नाममा नागरिकका संविधान प्राप्त अधिकारलाई कुण्ठीत गर्न खोजिए लोकतन्त्रको आधार स्तम्भ मानिएको निर्वाचित सरकारलाई समेत कानुनी आधारमा नै भंग गर्न सक्ने अलौकिक शक्ति नागरिक समाजमा अझै पनि जीवन्त रहेको तथ्यलाई हेक्का राख्दै कार्य गर्नु यथार्थमा लोकतन्त्रको रक्षा गर्नु हो ।
सफल लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै कुनै पनि पक्षबाट नागरिक स्वतन्त्रताको विपरित रहने गरी गलत अधिकारहरू बलात् रूपमा प्रत्यायोजन गर्न खोज्ने हो भने त्यहा नागरिक—राज्यविच द्वन्द्वात्मक अवस्था तयार हुनेछ । यस्तो अवस्था लोकतन्त्रका सन्दर्भमा सबैभन्दा घातक सावित हुन सक्ने देखिन्छ । किनकि सम्बद्ध मुलुकको कानुनको विपरीत जाने छुट न त राजनीतिक शक्तिलाई हुन्छ, नत अन्य समुदाय वा नागरिक समाजलाई नै प्राप्त हुनेछ । तर राजनीतिक जनशैक्षिक ज्ञानको अभावमा नेपालजस्तो मुलुकमा यस समस्याको पूर्ण रूपमा समाधान हुन नसकी अराजक संस्कृतिको विकासबाहेक अन्यथा केही पनि प्राप्त हुन सक्दैन ।
जसमा लोकतन्त्रले आफ्नो गन्तव्य निर्धारण गर्न सक्दैन । तसर्थ भयभित अवस्थामा अराजक पृष्ठभूमिको विकास भई अर्को खराब परीसूचकको रूपमा रहेको भ्रष्टाचारको दरमा अत्यधिकता कायम राख्न यस प्रकारको कदमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । जसका कारण आर्थिक अपराधको दरमा समेत तीव्रता आई लोकतन्त्रको भविष्यमा प्रश्न चिन्ह खडा गरिदिनेछ । किनकि भ्रष्टाचारले प्रलोभन जन्माउछ तत्पश्चात नागरिक हितविपरीतका कार्य जुन लोकतान्त्रिक संस्कृतिको लागि त्यसत शोभनिय हुन सक्दैन, तथापि यसको अत्यधिक दुरूपयोग हुन गई नागरिक अधिकारलाई सून्य प्रतिशतमा झार्ने प्रयत्न गरिन्छ भने लोकतन्त्रको गति ऋणात्मकतातर्फ अग्रसर हुनेछ ।
तसर्थ, भ्रष्टाचारजन्य व्यवहारबाट पृथक रहदै लोकतन्त्रको संरक्षण गर्नु सही अर्थमा नागरिक स्वतन्त्रता बहाल गर्नु हो । शक्तिको उन्मादले लोकतन्त्र विपरीतका क्रियाकलापलाई यदि प्रोत्सहित गर्ने प्रयास गरिन्छ भने निश्चित रूपमा समस्या सिर्जना हुनेछ । जुन सम्बद्ध मुलुकको लागि सर्वपक्षिय अहितकारी कदम हो । यद्यपि, सकारात्मक कार्य सहितको निक्र्योलका लागि लोकतन्त्रमा सहमती र सम्वादका ढोकाहरू सधै खुला गरिएको हँुदा आर्थिक विकास र समृद्धिको प्रचुर सम्भावना सधँै जिवन्त रहन्छ । नेपाललगायत विश्वजनमतले यसै पद्धतीय व्यवहारलाई अपनाउँदै आफ्नो सुदूर भविष्यको खाका कोर्ने भएको हुँदा आज एक्काइसौँ शताब्दिमा लोकतन्त्रको भविष्य प्रति प्रश्न उठाउने ठाँउ रहँदैन । जहा हरेक नागरिक समाजलाई सम्मानजनक रूपमा आफ्नो जिवनयापनको लागि प्रतिस्पर्धात्मक वातावरण तयार हुनेछ ।
प्रतिक्रिया