संवत्हरूमा धनी देश नेपाल

हाल विक्रम संवत्लाई पनि महत्व दिएर धुमधामसाथ मनाउने प्रचलन बढ्दै गएको देखिन्छ, जुन कुरोको प्रत्यक्ष उदाहरण पछिल्लोपटक नयाँ वर्ष ‘विक्रम संवत्–२०७६’ मनाउने क्रममा आन्तरिक पर्यटकहरूले पोखरा, चितवनलगायत पर्यटकीय गन्तव्यहरूमा होटल–लजमा कोठा नपाएको वा बास नपाएको भन्ने समाचार हुन् । नेपालीहरूमा अपनत्वको भावना बढ्दै गएको संकेत दिन्छ 

समय मापन गर्न वर्ष, साल वा संवत्को आवश्यकता पर्छ । नेपालमा लगभग सबै समुदाय वा जातजातिको आ–आप्mनै वर्ष, साल वा संवत् रहेको छ । जस्तै नेपाल संवत् , किरात संवत्, मिथिला संवत्, तामाङ संवत्, शेर्पा संवत्, गुरूङ संवत्, कलिगत संवत्, अंशु वर्मा संवत् आदि । केही अतिवादीहरूले नेपालको भगौलिक एकीकरणका अभियन्ता तथा श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहले नेपालको भगौलिक एकीकरण गरेपछिको मितिलाई आधार मानेर ‘पृथ्वी संवत्’ पनि प्रचारप्रसारमा ल्याउने प्रयत्न गरेका छन् । गत वैशाख १ गतेदेखि नेपालमा राज्यले मान्यता दिएको र राष्ट्रियस्तरमा प्रचलित ‘विक्रम संवत्–०७६’ सुरू भयो ।

विगत केही वर्षअघिसम्म नेपालमा विक्रम संवत्लाई भन्दा इस्वी संवत्लाई महत्व दिएर धुमधामका साथ नयाँ वर्ष मनाउने प्रचलन पनि थियो । हाल विक्रम संवत्लाई पनि महत्व दिएर धुमधामसाथ मनाउने प्रचलन बढ्दै गएको देखिन्छ, जुन कुरोको प्रत्यक्ष उदाहरण पछिल्लोपटक नयाँ वर्ष ‘विक्रम संवत्–२०७६’ मनाउने क्रममा आन्तरिक पर्यटकहरूले पोखरा, चितवन लगायत पर्यटकीय गन्तव्यहरूमा होटल–लजमा कोठा नपाएको वा वास नपाएको भन्ने समाचार हुन् । नेपालीहरूमा अपनत्वको भावना बढ्दै गएको संकेत दिन्छ ।

नेपालका नयाँं पुस्ताहरूले नेपालीपन सम्झन थालेकोमा हामीले गर्व गर्नुपर्छ । हुन त नयाँ पुस्ताका युवाहरूले हरेक जनवरी १ मा सुरू हुने अंगे्रजी नयांँ संवत्लाई पनि प्राथमिकता दिने प्रचलन घट्ला जस्तो लाग्दैन । जसलाई ‘ह्याप्पी न्यु इयर’ भन्ने गरिएको छ । हुन पनि विगतमा नयाँ पुस्ता मात्रै नभएर पूरै समाज वैशाख १ मा सुरू हुने नेपाली विक्रम संवत्लाई भन्दा जनवरीमा सुरू हुने अंगे्रजी नयांँ संवत्लाई बढी प्राथमिकता दिने प्रचलन बढ्दो क्रममा देखिन्थ्यो ।

यसले समग्र नेपाली जनताहरूमा राष्ट्रियताप्रतिको भावनामा कमी आएको त होइन ? भन्ने प्रश्न उठ्न थालेको थियो । जे होस् हाम्रो देश नेपाल भूगोलको आधारमा सानो (खासमा मध्यमस्तरको) भए तापिन २०६८ साल को राष्ट्रिय जनगणना अनुसार १ सय २३ जातजाति र १ सय २५ भाषाभाषीहरू छन् । ती जातजाति र भाषाभाषीमध्ये अधिकांशको विभिन्न संवत्हरू प्रचलनमा रहेका छन् भनी माथि नै उल्लेख गरिएको छ । भलै ती सबै जातजाति र भाषाभाषीहरूको वर्ष, साल र संवत्हरूलाई राज्यले मान्यता दिएको त छैन नै खोजी कार्यमा पनि लाग्न नसकिएको अवस्था छ । धन्य नेवार समुदायको ‘नेपाल संवत्’लाई भने सरकारले धेरै ढिला गरी मान्यता दिएको छ ।

अब लागौँ नेपालका विभिन्न संवत्हरूको चर्चा गर्नेतर्फ ।
यले दोङः माथि उल्लेख गरेझैं नेपालका विभिन्न संंवत्हरूमध्ये हालसम्मको पुरानो संवत् हो, (प्रचलनमा रहेको आधारमा)–‘यले दोङ’ । खासमा यले दोङ कुलुङ जातिको भाषामा (किरात संवत्) भनिएको हो । अरू किराँतीहरूले अरू नै नामले सम्बोधन÷उच्चारण गर्छन् । यो संवत कुलुङ समुदायको जीवनचक्र अनुसार गएको पुस १५ गतेदेखि ५०७९ सुरू भएको छ । स्मरणीय छ, कुलुङ समुदायको जीवनचक्र अनुसार यले दोङको पहिलो महिनालाई ‘चाक्चाकूर’ भन्छन् । यो संवत् सबै किराती जातिहरू जस्तै कुलुङ, लिम्बु, सुनुवार (कोइँच), याक्खा, बाहिङ, मेवाहाङ, हायु, थामी, सुरेललगायत जातिहरूले पनि मान्छन् ।

तर, यो संवत्लाई सरकार, मिडिया, अभियन्ता आदि कसैले पनि प्रचारप्रसार नगरिदिनाले नेपालको मात्रै नभएर सम्भवतः विश्वकै सबैभन्दा पूरानो संवत् भएर पनि ओझेलमा परेको छ । अहिले पनि नेपालमा आधिकारिक रूपमा कुन संवत् चलाउने ? भनी घरिघरि विवाद चलिरहने गरेकोले नेपालकै प्राचीन संवत् ‘यले दोङ’ अर्थात् किरात संवतलाई नै किन राष्ट्रिय संवत् नमान्ने ? त्यसो हुन नसके बुद्ध संवत् वा नेपाल संवत्लाई नै पनि आधिकारिक रूपमा नेपालको राष्ट्रिय संवत् मान्न सकिदैन ? भनी प्रश्न उठ्न थालेको छ ।

त्यसैले जे कुरोमा पनि अति राष्ट्रवादको कुरो गर्ने कथित् राष्ट्रवादी कमरेडहरू देशले मान्ने÷मान्यता दिने र पात्रो, सामाजिक चालचलन, रीतिथिति, समाज तथा व्यक्तिको दैनिक जीवन र व्यवहारमा प्रयोग हुने संवत् जस्तो कुरोमा चाहिँ किन विदेशी (भारतीय) नै भए तापनि विक्रम संवत् प्रति ‘तैंचुप मै चुप’ छन् ? बुझी नसक्नु छ । हुन पनि राणा शासनकालमा श्री ३ महाराज भएका चन्द्रशमशेरले विक्रम संवतलाई नेपालको राष्ट्रिय संवत् बनाएका थिए । त्यसअघि ‘नेपाल संवत्’ नै नेपालको राष्ट्रिय संवत्को रूपमा रहेको थियो ।

विक्रम संवत्ः विक्रम संवत् वर्तमान भारतको तत्कालीन उज्जैन राज्यका राजा विक्रमादित्यको नाममा चलेको हो । तर, यही वैसाख १, २०७६ मा गोरखापत्र दैनिकमा राजावादी लेखक दीर्घराज प्रसाईँले ‘विक्रम संवत् वैदिकालदेखि प्रचलित तिथि र बारको अवलम्वन गर्दै आएको राष्ट्रिय संवत् हो’ भनी लेखेका छन् । त्यसो हो भने कसरी हाल विक्रम संवत् २०७६ मात्रै भयो ? प्रश्न उठ्न सक्छ । यो संवत् वैशाख महिनाबाट सुरू भई चैत्रमा अन्त्य हुन्छ । यो संवत्को राष्ट्रियता र वैज्ञानिकतामा वेलावेला प्रश्न उठ्ने गरेको भए पनि राज्य र राज्य पक्षका मान्छेहरू यस विषयमा खुल्ला रूपमा बहस र छलफल गर्ने भन्दा पनि यही संवत् (विक्रम संवत्) लाई नै प्रवद्र्घन गर्ने र अगाडि बढाउने एकसुत्रीय उदेश्य रहेको देखिन्छ ।

बुद्ध संवत्ः तत्कालीन कपिलवस्तुका राजा शुद्धोदनका छोरा अर्थात् युवराज सिद्धार्थ गौतम पछि बुद्ध भए । उनले त्यो वेलाका मान्छेको दुःख, कष्ट, बुढ्यौली, मृत्यू आदि देखेर गृह त्यागेर ध्यानमा लीन भई बुद्धदत्व प्राप्त गरेकाले नै पछि गएर उनका चेलाहरूले बुध्दको नाममा बुद्ध संवत् चलाए । यो संवत् गएको बुध्द पूर्णीमादेखि २५६४ सुरू भयो ।

नेपाल संवत्ः यो संवत् भक्ततपुरका महाजन शंखधर शाख्वाले चलाएका हुन् । कथन अनुसार, उनले लिछवीकालमा ज्योतिषिले सुन हुन्छ भनेको बालुवा उठाएर लगी सबै गरिबहरूलाई ऋण मुक्त गराएकाले उनको नाममा राजा राघवदेवले चलाएका हुन् । यो संवत् गत कात्तिकको म्हपूजादेखि ११३९ सुरू भयो

इस्वी संवत्ः यो संवत् जिसस क्राइस्टका प्रर्वतकहरूले सुरू गरेको मानिन्छ । हाल संसारका अधिकांश देशले यो संवतलाई आत्मसाथ गरेका छन् । यो संवत् गत जनवरीदेखि २०१९ सुरू भएको छ ।

बिसीः यो संवत् क्राइस्ट जन्मिनुभन्दा अगाडि प्रचलनमा थियो

अंशुवर्मा संवत्ः यो संवत् अंशुवर्माले आफू महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाएका हुन् । केही इतिहासकारहरूका अनुसार, ललितपुरको बुङमती नजिकको शिलालेखमा अंशुवर्मा संवत् २९ लेखिएको छ । माथि उल्लिखितबाहेक नेपालमा कलिगत संवत्, शक संवत्, मिथिला संवत्, तामाङ, शेर्पा, गुरूङलगायतका संवतहरू रहेका छन् ।

प्रतिक्रिया