नाटक लेखन कार्यशाला

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ३ गतेदेखि ७ गतेसम्म आयोजित पाँचदिने नाटक लेखन कार्यशालामा देशका विभिन्न स्थानबाट २३ जना प्रशिक्षार्थी सहभागी भएका थिए । वरिष्ठ नाटककार अशेष मल्लको सहजीकरणमा भएको उक्त कार्यशालामा डा. धु्रवचन्द्र गौतम, प्रचण्ड मल्ल, नयनराज पाण्डे र खगेन्द्र लामिछाने लगायतका नाटककार तथा नाट्यकर्मीहरूले सहभागीलाई नाटक लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

शनिबार नाटक लेखन कार्यशालाका सहभागी प्रशिक्षार्थीहरूलाई एक समारोहबीच प्रमाणपत्र प्रदान गरियो । उक्त समारोहमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटले प्रमाणपत्र प्रदान गरेका थिए । उपकुलपति शर्माले कार्यशाला उपलब्धिमूलक भएको बताए । ‘मञ्चनका लागि पर्याप्त नाटक नभइरहेको वर्तमान अवस्थामा यस कार्यशालाले निकै आशा जगाएको छ’, शर्माले भने ।

प्रतिक्रिया