ज्योति लाइफ र बैंक अफ काठमाडौंबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाडौंले सञ्चालनमा ल्याउन लागेको नयाँ बचत खाता योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई जीवन बिमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाडांैबीच सम्झौता भएको छ ।

उक्त सेवाअन्तर्गत बैंक अफ काठमाडौंका ग्राहकहरूको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरूमध्ये कुनै पनि रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत बिमांक वापतको रकम भुक्तानी गर्ने भएको छ । उक्त सम्झौताबाट बैंक अफ काठमाडौंका उल्लेखित बचत योजनाका ग्राहकहरूले बैंकिङ सेवाका अतिरिक्त ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उच्चस्तरीय बिमा सेवा निःशुल्क प्राप्त गर्नेछन् ।

प्रतिक्रिया