वीरगञ्जमा महिन्द्राको सोरुम

काठमाडौं । महिन्द्राका लागि नेपालको आधिकारक वितरक अग्नि गु्रपले वीरगञ्जमा महिन्द्रा ट्राक्टरहरूका लागि सोरुम तथा सर्भिस सेन्टरको स्थापना गरेको छ । उक्त सोरुमको अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा वीरगञ्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले सामूहिक रूपमा उद्घाटन गरे ।

यो कार्यक्रम महिन्द्राले चाँडै नै ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने कम्पनीले जनाएको छ । यसै सिलसिलामा महिन्द्रा समृद्धिको ब्यानर पनि समुद्घाटन गरिएको थियो । यसअन्तर्गत अप्रिल महिनाका ५ नयाँ ग्राहकहरूलाई सम्मानित पनि गरिएको थियो । समुद्घाटन समारोहपछि तीन दिनसम्म निःशुल्क सर्भिस क्याम तथा निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिने कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपका शाखा प्रमुखश्री प्रमोद कुमार क्षत्रीका अनुसार सोरुमबाट ग्राहकहरूले महिन्द्राका जेन्युन स्पेयर पार्ट प्राप्त गर्नुका साथै बिक्री पछिको सेवा पाउनु हुने कुरा उल्लेख गरेका छन् । साथै, यस सोरुमामा महिन्द्राका ट्रयाक्टर युवराज २ सय १५, जिभो २ सय ४५, २ सय ७५ एनबिपी, ५ सय ७५ एनएसटी, युभो, नुभो आदिको बिक्री, सर्भिस तथा स्पेयर पार्ट सहजै प्राप्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीले सवारी बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरूको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया