सगरमाथाको अर्थ राजनीति र यसको महत्व

यहाँ संसारकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङमाको नाम, शान, मान र अर्थ राजनीतिक महत्वका बारेमा छोटो चर्चा गर्ने प्रयास गरिने छ । इतिहास हेर्दा र पढ्दा आजभन्दा झण्डै ६६ वर्षअघि सन् १९५३, मे २९ का दिन संसारकै अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा दुई मानवले पाइला टेक्न सफल भएका थिए । ती दुई मानव थिए –नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी । उनीहरूले समुन्द्र सतहदेखि नाप्दा संसारकै हालसम्मकै अग्लो हिमाल वा भनौं टाकुरो मानिएको ८,८४८ मिटर अग्लो हिम शिखर सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा इतिहासमै प्रथमपटक पाइला टेकेपछि उनीहरूसँगै माउन्ट एभरेस्ट वा भनौं सगरमाथा अर्थात् चोमोलुङ्माको समाचारले नै बढी प्राथमिकता पाएको थियो ।

त्यस यता संसारकै अग्लो हिम चुचुरो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमाको चढ्नेहरू संख्या बढ्दो क्रममा छ । हालसम्म लगभग ७ हजार जनाले ९ हजार पटक (एकै व्यक्तिले कयौंपटक गरेर) संसारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमालाई सफलताका साथ चुमिसकेका छन् । यसको एउटै कारण भनेको सगरमाथा अर्थात् चोमोलुङमाको नाम, शान, मान र अर्थ राजनीतिक महत्व नै हो । किनकि, कुनै पनि पर्वतारोहीका लागि जीवनमा एकपटक संसारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा चुम्न सके अहोभाग्य नै मानिन्छ । जब कुनै पनि पर्वतारोहीले संसारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा चढ्छ, उसको आफ्नाे देशमा मात्रै नभएर संसारभरि नै उसको भाऊ अलग्गै हुन्छ ! साथमा नाम, शान, मान र अर्थ राजनीतिक महत्व त उसले बोकेको हुन्छ नै ।

यस्तै यो सिजनमा पनि संसारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा चढ्न आउने संसारभरिका पर्वतारोहीको संख्या २ सय ४६ जना भएको भनी हालै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ । समाचारअनुसार ०७५ चैत महिनाको अन्तिमसम्ममा ३९ देशका २ सय ४६ जना पर्वतारोहीहरूले सगरमाथा अर्थात् चोमोलुङ्मा च्ढने अनुमति लिएका छन् भने उनीहरूले सगरमाथा अर्थात् चोमोलुङमा चढेबापत २९ करोड ३० लाख सलामी (रोयल्टी) बुझाएका छन् ।

हुन त पर्वतारोहणको इतिहास हेर्दा सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा प्रथम मानव पाइला राख्ने प्रयासका क्रममा अन्य कयौं पश्चिमा देशका पर्वतारोहीहरूले पनि लामो समयदेखि प्रयास गरेका थिए । खासगरी बेलायती पर्वतारोहीहरूले सन् १९२१ मै सगरमाथा चुचुरोमा मानव पाइला राखेरै छाढ्ने दृढताका साथ कर्णेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा प्रथम सगरमाथा आरोही टोली सगरमाथातर्फ गएको थियो । तर, उनीहरूले त्यो वेला चोमोलुमाको शिरमा पाइला राख्न सफल भएनन् । उल्टै उनीहरूको टोलीमा सदस्य रहेका डाक्टर एएम कल्लसले ज्यान गुमाउने प्रथम मानवको रूपमा नाम दर्ज गर्न बाध्य भए । त्यसपछि बीचको समयमा स्वीट्जरल्यान्ड, फ्रान्स, जर्मनी, इटली लगायत पश्चिमा देशका पर्वतारोहीहरूले संसारकै अग्लो हिम शिखरमा मानव पाइला राख्ने प्रयास जारी राखेका थिए । यो क्रममा उनीहरूले तिब्बततर्पmको बाटो भएर अनेकौं पटक संसारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा चढ्ने प्रयास गरेका थिए ।

अन्ततः सन् १९५३, मे २९ नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारीले प्राप्त गरे । यसरी उनीहरू संसारकै अग्लो हिम चुचुरोमाथि मानव पाइला राख्न सफल भए । र, तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पर्वतारोहणको इतिहासमा अरु कसैले कहिल्यै नतोड्ने इतिहास र कीर्तिमान कायम गरे । तर, दुःखको कुरो पछि गएर तेन्जिङले भारतीय नागरिक बन्नुपर्ने विवशता आइलाग्यो भने, उता न्युजिल्यान्ड सरकारले हिलारीको तस्बिर अंकित नोटसमेत छाप्यो ।

जे होस्, पर्वतारोहण क्षेत्रमा हाल सगरमाथालाई नचिन्ने र सगरमाथाको नाम नसुन्ने मान्छे कमै होलान् ! हुन त पहिले–पहिले विदेशीमाझ ‘सगरमाथा’लाई सगरमाथा भन्दा पनि ‘चोमोलुङ्मा’ भनेर बढी चिनिन्थ्यो भने पछि आएर ‘माउन्ट एभरेस्ट’ भनेर बढी चिनिन थाल्यो । जे भए तापनि नेपालका आदिवासी जनजातिहरू र चिनियाँ÷तिब्बतीहरूमाझ भने अझै पनि ‘चोमोलुङमा’-झोमोलुङमा’ भनेर नै बढी चिनिन्छ । तापनि अझैसम्म नेपाल सरकार, नेपाली मिडिया, नेपालका बुद्घिजीवीलगायतले नेपालका आदिवासी जनजातिहरूले पनि सगरमाथालाई ‘चोमोलुङमा’÷झोमोलुङमा’ भन्छन् भन्ने स्वीकार गर्न सकेका छैनन् ।

बरु उनीहरूमध्ये केहीले अझै पनि ‘चोमोलुङमा’÷झोमोलुङमा’ भनेको त चिनियाँ भाषाको नाम होइन र ? भनी प्रश्न गर्छन् । अझै पनि नेपाली मुलधारका भनिएका मिडिया, पत्रकार, लेखक लगायत बुद्धिजीवी भनिनेहरूले ‘सगरमाथा’, ‘सगरमाथा’ भनेर एकोहोरो सुगारटाई गरिदिनाले आदि अनादि कालदेखि उक्त क्षेत्रमा बस्दै आएका कुलुङ, खालिङ, शेर्पालगायत नेपालका आदिवासी जनजातिहरूमाथि अन्याय भएको छ ।

समग्रमा नेपालीहरूमाझमा ‘सगरमाथा’ र, विदेशीहरूमाझ ‘माउन्ट एभरेस्ट’ नामले नै बढी चिनिन थालेको छ । तर, यदि अझै पनि ‘चोमोलुङ्मा’ नामलाई मान्यता दिएर प्रचलनमा नल्याउने हो भने विस्तारै विदेशीहरूले लेखेको किताबहरूमा मात्रै ‘चोमोलुङमा’÷झोमोलुङमा’ नाम सीमित रहने देखिन्छ ।

यसरी हेर्दा बिस्तारै सगरमाथा र एभरेस्ट नामले नै साम्राज्य चलाउने देखिन्छ । तापनि पहिलेपहिले (अझै पनि कतिपय विदेशी लेखकले ‘चोमोलुङमा’-झोमोलुङमा’ नै लेख्छन् ।) विदेशीले सगरमाथाको बारेमा लेखेको किताबहरूमा एभरेस्टपछि सगरमाथाको सट्टा ‘चोमोलुङमा’-झोमोलुङमा’ नाम नै लेखेको पाइन्छ । त्यसैले सम्बन्धित निकाय, खासगरी खुम्बु पासाङल्हामु गाउँपालिका, महाकुलुङ गाउँपालिकालगायत सोलुखुम्बुका अन्य गाउँपालिकाहरूले पनि यस विषय (सगरमाथाको स्थानीय नाम चोमोलुङमा राख्ने सम्बन्धमा) मा सकारात्मक ढंगले पहल र सरसहयोग गर्नुपर्ने देखिन्छ ।

सगरमाथा अर्थात् ‘चोमोलुङमा’-झोमोलुङमा’ ‘नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी र पर्यटन मजदुरहरू खासगरी क्लाईबिङ शेर्पा, आइसफल डाक्टर, सरकारी सम्पर्क अधिकृत, भान्से, भरिया, (पहिलेपहिले हुलाकीको पनि काम हुन्थ्यो ।) स्थानीय याक-जोप्क्यो धनीहरू, स्थानीय किसानलगायत अन्य सहयोगीहरूले पाउने पारिश्रमिक र आयश्रोतको गतिलो आधार भएर बसेका छन् ’ भन्नेमा कसैको पनि दुईमत हुन सक्दैन । किनभने, आजभन्दा ९ वर्षअघि सन् २०११ मै सगरमाथा चढ्न आएका पर्वतारोहीबाट नेपाल सरकार, पर्यटन मन्त्रालयले सगरमाथा आरोहण गरेबापत पर्वतारोहीले तिर्नुपर्ने सलामी अर्थात् रोयल्टी मात्रै १६ करोड ४४ लाख रूपैयाँ खुद आम्दानी गरेको थियो ।

हुन त धेरै अघिदेखि सगरमाथा अर्थात् ‘चोमोलुङमा’÷झोमोलुङमा’ बाट भएको आमदानीको (रोयल्टीको) ६० प्रतिशतसम्म स्थानीयस्तरमै खर्च गर्ने गरी बजेट विनियोजन गरिनुपर्छ भनी आवाज उठ्दै आएको हो । त्यसैले अब संघीयता लागू भएसँगै यो माग पनि पूरा होला भन्ने आशा गर्न सकिन्छ । यसरी हेर्दा सगरमाथा नेपालीहरूका लागि केवल गौरवको विषय मात्रै नभएर आमदानीको एउटा राम्रो स्रोत पनि भएकोमा कसैको दुई मत रहेन भनी दोहो¥याइरहनु परेन । तापनि, सगरमाथासम्बन्धी विषय विज्ञहरू, सगरमाथाको भविष्यप्रति चिन्तित अभियन्ताहरू र, खासगरी वातावरणविद्हरूले भने अब सगरमाथालाई केही समय आराम दिनेतर्फ पनि सोच्ने हो कि ? भनी केही वर्ष अघिदेखि सुझाब दिँदै आएका छन् ।

खासगरी, सगरमाथामाथि विजय प्राप्त गर्ने दुई मध्ये एक स्व. एडमन्ड हिलारीले यस विषयमा निकै जोड गर्ने गरेका थिए । त्यसैले पैसालाई भन्दा पनि सगरमाथाको सुन्दरता र यसको दिगोपना अनि भविष्यलाई ध्यानमा राखेर निश्चित संख्यामा मात्रै आरोहीहरूलाई सगरमाथा चढ्न अनुमति दिने हो कि ? वा हाल कायम रहेको भन्दा अरू बढी रोयल्टी लिने हो कि ? यो विकल्पतर्फ सोच्नलाई सरकार र सम्बन्धित अन्य पक्षले अब धेरै ढिला गर्नु हुँदैन । किनभने भोलि गएर सगरमाथाको अस्तित्व नै रहेन भने नेपालले के माथि गौरव गर्ने ? त्यसैले यस विषयमा हामीले गम्भीर भएर एकपटक सोच्नै पर्छ ।
[email protected]

प्रतिक्रिया