हल्ला गर्ने ऋषि धमला र खस भाषाका चलचित्र

नेपालमा वर्षमा लगभग एक सय जति खस भाषाका चलचित्रहरू प्रदर्शन हुने गरेका छन् । यस हिसाबले महिनामा औसत आठवटा जति चलचित्रहरू प्रदर्शन हुने गरेका छन् । खस भाषाका चलचित्रबाहेक देशमा रहेका विभिन्न आदिबाशि जनजातिहरूको मातृ भाषामा पनि धेरै चलचित्रहरू बन्ने गरेका छन्

चलचित्र क्षेत्रलाई हल्लाको संसार पनि भनिन्छ । हल्लागरी चर्चा बटुल्छन् कलाकर्मीहरु । कलिउडमा मात्र नभई हलिउड बलिउडमा पनि यस्तो हुने गरेको देखिन्छ । धेरै जसो चलचित्रकर्मीहरू चर्चा कमाउना लागि अनेकथरी हल्लाको खेति गर्छन् । कतिपय नायक नायिकाहरू आफुले लिने गरेको पारीश्रमिकको बारेमा हल्ला गरी चर्चा बटुल्छन् । कतिपय नेपाली नायिकाहरूले आफूले अभिनय गर्ने चलचित्रको लागि आफूले १६ लाख २० लाख पारीश्रमिक लिएको हल्ला गर्छन् त कतिपय नायकहरूले आफुलाई एउटा चलचित्रमा अभिनय गरेबापत ५० लाख पारीश्रमिक दिने अफर आएको हल्ला गर्छन ।

केही नायक र सगीतकारहरू आफूले बलिउडको चलचित्रम अभिनय गर्ने संगीत गर्ने भनेर हल्ला गरी गरी चर्चा कमाउँछन् । यो मामिलामा शम्भुजित बाँस्कोटासमेत बद्नाम छन् । केही कलाकार निर्देशकहरू आफूले निर्देशन गरेको चलचित्रले राम्रो व्यापार गरेन, चलचित्र असफल भयो भने चलचित्र क्षेत्र छाडेर तरकारी बेच्ने हल्ला गर्छन् । तर, चलचित्र असफल भए पनि चलचित्र क्षेत्रमा नै छन् ती महासय ।

उनीहरू तरकारी बेच्न गएको देखिएन । कि कसो लय सग्रौलाजी ? कतिपय चलचित्रकर्मिहरू आफ्नो चलचित्र २ दिन हाउस फुल भएपछि चलचित्र सुपर हिट भएको हल्ला गर्छन चाहे चलचित्रले घाटा नै किन खान नपरोस् । आफ्नो चलचित्रले ठूलै घाटा खाए पनि चलचित्र सुपर हिट भनेर हल्ला गर्छन् त्यसो त पछिल्लो समयमा नेपाली चलचित्रको व्यापार खस्किदो अबस्थामा छ । पछिल्लो समयमा प्रदर्शन भएका अधिकाश चलचित्रहरूले राम्रो व्यापार गर्न सकिरहेका छैनन् ।

०७५ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरूको चर्चा गरौं । ०७५ सालमा लगभग ९६ वटा चलचित्रहरू प्रदर्शन भएको बताउछन् सराकारवालाहरू । तर, ०७५ सालमा प्रदर्शन भएका अधिकांश चलचित्रहरूले राम्रो व्यापार गर्न सकेनन् । कतिपय चलचित्रहरू त कहिले हलमा लागे कहिले हलबाट उत्रिए ? भन्ने पनि दर्शकहरूले थाहा पाउन सकेनन् । ०७५ सालमा सर्व प्रथम वैशाख ७ गते चलचित्र स्वर्ग मेरो गाउँ प्रदर्शन भएको थियो वैशाख ७ गतेप्रदर्शन भएको चलचित्र स्वर्ग मेरो गाउँबाट प्रदर्शन थालनि भएकोमा चैत्र २९ गते चलचित्र ए मेरो हजर ३ र यात्रा चलचित्र प्रदर्शन भए सम्ममा लगभग ९६ वटा जति चलचित्रहरू हलमा लागे ।

पछिल्लो समयमा प्रदर्शन भएका अधिकाश चलचित्रका लगानिकर्ताहरूले आफ्नो लगानि उठाउन सकिरहेका छैनन् । तर पनि चलचित्र निर्माणमा भने कमि आएको छैन । यो चलचित्र क्षेत्रका लागि सकारात्मक हो । पछिल्लो समयमा कलाकारदेखि पत्रकारसम्म र पत्रकारदेखि डनहरू सम्मले चलचित्रमा लगानि गर्ने गरिरहेका छन् । यो चलचित्र क्षेत्रका लागि सरकारात्मक हो । त्यसो त पछिल्लो समयमा चलचित्र क्षेत्रमा नवप्रवेशिहरूको धमाधम प्रबेश भइरहेको छ । चाहे पत्रकार ऋषि धमाला नै किन नहुन्

नेपालमा वर्षमा लगभग एक सय जति खस भाषाका चलचित्रहरू प्रदर्शन हुने गरेका छन् । यस हिसाबले महिनामा औसत आठ वटा जति चलचित्रहरू प्रदर्शन हने गरेका छन् । एउटा चलचित्र निर्माण सम्पन्न गर्न रु एक करोडभन्दा बढि लाग्ने गरेको सरोकारवालाहरू बताउँछन् । यस हिसाबले पनि चलचित्र क्षेत्रमा वर्षमा एक अर्ब भन्दा बढि लगानि रहेको देखिन्छ । यो त खस भाषाको चलचित्रहरूको मात्र कुरा हो । खस भाषाका चलचित्र बाहेक देशमा रहेका विभिन्न आदिवासी जनजातिहरूको मातृ भाषामा पनि धेरै चलचित्रहरू बन्ने गरेका छन् ।

विगतका वर्षहरूमा प्रदर्शन भएका चलचित्रहरूले गरेको व्यापार भन्दा २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरूको व्यापार खस्किदो छ । त्यसोत विगतका वर्षहरूमा पनि प्रदर्शन भएका चलचित्रहरूमध्ये २ दर्जन जतिले मात्रै आफ्नो लगानि उठाउने गरेको बताँउछन् सरोकारवालाहरू । तर २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरूमा एक दर्जन चलचित्रहरूले पनि आफ्नो लगानि उठाउन नसकेको बताउँछन् सरोकारवालाहरू ।

२०७५ सालमा बढि नाफा कमाएका चलचित्रमा दिपाश्री निरौलाले निर्देशन गरेको, टेलिउडका हास्यकलाकारहरूले निर्माण गरेको चलचित्र छक्कापञ्जा ३ ले मात्र हो चलचित्र छक्का पञ्जा ३ ले लगभग १६ करोड रूपैंयाको व्यापार गरेको बताइन्छ । यस हिसाबले चलचित्र छक्का पञ्जा ०७५ सालको ब्लकबस्टर चलचित्र हो भन्दा पनि हुन्छ । चलचित्र नाई नभन्नु ल ५ लाई ०७५ सालको सुपरहिट चलचित्र भन्ने गरीन्छ । त्यसैगरी, जय भोले, रामकहानी, इन्टु मिन्टु लन्डनमा, प्रसाद क्याप्टेन आदि चलचित्रहरूले औसत व्यापार गरेको बताउँछन् सरोकारवालाहरू । तर, पनि औसत व्यापार गरेको भनिएका चलचित्रहरूले पनि नाफा भने कमाउन सकेको देखिन्न ।

नेपाली चलचित्रहरूको व्यापार सिमित छ । हाम्रो जस्तो सिमित व्यापार भएको देशमा महिनामा औसत ८ वटा चलचित्र प्रदर्शन भए पछि चलचित्रहरूले कसरी राम्रो व्यापार गर्छ त ? भन्ने प्रश्न पनि नउठेको होइन । त्यसमा पनि एकै दिन तीन–चार वटा चलचित्रहरू प्रदर्शन हने गरेका छन् । यसले पनि चलचित्रको व्यापारमा असर गर्ने गरेको छ ।

पछिल्लो समयमा प्रदर्शन भएका अधिकाश चलचित्रका लगानिकर्ताहरूले आफ्नो लगानि उठाउन सकिरहेका छैनन् । तर पनि चलचित्र निर्माणमा भने कमि आएको छैन । यो चलचित्र क्षेत्रका लागि सकारात्मक हो । पछिल्लो समयमा कलाकारदेखि पत्रकारसम्म र पत्रकारदेखि डनहरू सम्मले चलचित्रमा लगानि गर्ने गरिरहेका छन् । यो चलचित्र क्षेत्रका लागि सरकारात्मक हो । त्यसो त पछिल्लो समयमा चलचित्र क्षेत्रमा नवप्रवेशिहरूको धमाधम प्रबेश भइरहेको छ । चाहे पत्रकार ऋषि धमाला नै किन नहुन् । चाहे डन भन्ने गरिएका दीपक मनांगे नै किन नहुन । भन्नु पर्दा पछिल्लो समयमा कलिउडलाई पनि नवप्रवेशी चलचित्रकर्मिहरूले नै बोकिरहेका छन् । पुराना र अनुभवि भन्ने चलचित्रकर्मिहरू पछिल्लो समयमा चलचित्र क्षेत्रमा त्यति देखिएका छैनन ।

पछिल्लो समयमा कलाकर्मीहरूको पारीश्रमिक पनि धमाधम बढि रहेको छ भने अर्को तर्फ चलचित्रहरूको व्यापारमा भने कमि आइरहेको छ । यसले कतै चलचित्र क्षेत्र नै धरासायी त हुने होइन भनेर चिन्ता व्यक्त गर्न थालेका छन् सरोकारवालाहरूले । यसमा भने चलचित्रकर्मीहरूले विशेष ध्यान दिनै पर्ने देखिन्छ । कतिपय चलचित्र निर्माणकर्ताहरूले दर्शकहरूको रुचि, इच्छा र चाहनालाई ध्यान नदिएको पनि देखिन्छ । कतिपय चलचित्र निर्माणकर्ताहरूले अहिले पनि अरूको चलचित्रहरूको विदेशी चलचित्रहरूको नक्कल गरी चलचित्र बनाउने गरिरहेको देखिन्छ ।

विदेशी चलचित्रको विषय बस्तु हुबहु सारेर चलचित्रनिर्माण गरिरहेका पनि नभएका होइनन् कलिउडमा । शायद यसले पनि कलिउडका चलचित्रहरूले दर्शकहरूलाई आकर्षित गर्न नसकेको हो कि? यसमा पनिध्या नदिनु पर्ने हो कि चलचित्रकर्मीहरूले ? चलचित्र निर्माण भनेको सिर्जना हो । चलचित्र निर्माणकर्ताहरू चलचित्र निर्देशकहरू सिर्जनशिल हुन पर्छ । आफ्नै परिवेशमा आफ्नै विषयवस्तुमा, आफ्नै सिर्जनामा मनोरजनात्मक चलचित्रहरू निर्माण गर्नु पर्दछ । अधिकाश दर्शकहरू चलचित्र मनोरजनको लागि हेर्ने गरेका बताउँछन् । चलचित्रहरू भनेको मनोरजनपूर्ण हुनु पर्दछ ।

प्रतिक्रिया