बजार विस्तार गर्दै रोका पेरिवेयर

काठमाडौं । बाथरुम सामग्रीहरूको बजारमा विश्वव्यापी अग्रणी ब्रान्ड रोका गुपले नेपाली बजारमा व्यापार विस्तार गरेको छ । बजार विस्तारका क्रममा रोका गुपले काठमाडौं, पोखरा र बुटवलमा चारवटा सोरुमहरू खोलेको छ । व्यापारमैत्री स्कीमसँगै कम्पनीले नयाँ–नयाँ उत्पादनहरू नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।

रोका र पेरीवेयरका चारवटै सोरुमहरू यस कम्पनीका प्रवन्धनिर्देशक केइ रंगनाथले उदघाटन गर्नुभयो । यी सोरुममा पेरिवेयरका प्रिमियम वाथरुम सामाग्रीहरू र रोकाका विश्वव्यापीस्तरका बाथरुम सामाग्रीहरू राखिएका छन् । रोका ग्रुपको पेरिवेयर भारतको नम्बर एक सेनेटरीवेयरको व्राण्ड हो ।

बजारको आवश्यकतालाई ध्यानमा राख्दै यी सोरुमहरूमा दुवै ब्रान्डका बेसिन, वाटर क्लोसेट, धारा, बाथटब, सावर, किचन सिंक र बाथरुम फर्निचर लगायतका सामग्रीहरू उपलब्ध छन् । कम्पनीले विश्वव्यापीस्तरका बाथरुम सामग्रीको नयाँ रेन्जहरू कार्मेन,वियोण्ड र इनसिग्नियासमेत भित्र्याउने क्रममा रहेको हो ।

प्रतिक्रिया