अहिले हामी यो अभ्यास गरिरहेका छौँ । जुन देशमा आर्थिक अनुशासन र मितव्ययिता कायम हुन्छ, त्यो देशले मात्रै विकास र समृद्धि हासिल गर्न सक्छ । विगतमा हाम्रो देशको शासन प्रणाली असफल हुनुको एउटा मुख्य कारण आर्थिक अनुशासन र मितव्ययिता नहुनाले हो
अहिले नयाँ वर्ष सुरु भएको छ । नयाँ, जोश, जाँगर र उत्साहको वर्ष भन्दै हरेक नयाँवर्षमा भन्दै आएका छौँ । गतवर्ष सरकारले आमनागरिकका समस्या एक वर्ष भित्र केही मात्रमा भए पनि समाधान गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेको थियो । तर त्यो प्रतिवद्धता पुरा भयो या भएन आमनागरिकले बुझ्ने कुरा हो ।
समृद्ध नेपाल, सुखी नेपालीको सपना बोकेर अघि बढेको सरकारले जनताले सोचेअनुसार काम गर्न भने सकेन । यो कुरा सवैले स्वीकार्नुपर्छ । समृद्ध नेपाल, सुखी नेपाली यो नारा कहिले पुरा हुन्छ ? आमजनताको चासोको विषय हो यो । नेपाली जनताले विकास र समृद्ध नेपालको सपना पुरा भएको हेर्न चाहेका छन् । तर विकास र समृद्धि सुरु नै हुन सकिरहेको छैन । यो नै जनताको चिन्ताको विषय हो । समृद्धि नाराले मात्रै त्यसै आउने कुरा होइन्, यसका लागि विकासका योजनाहरू तर्जुमा गर्नु पर्छ ।
जनताका दैनिक आधारभूत आबश्यकताहरू खाना, छाना र नानाको अभाव अझै पनि परिपूर्ति भइसकेको अवस्था छैन । यी कुराको अभावमा जनता चिन्तित छन । सबैभन्दा पहिला जनताका यी समस्या समाधान गर्ने कुरामा सरकार लाग्नु पर्छ । ठूला ठूला कुरा गरेर मात्रै देशमा समृद्धि आउन सक्दैन । पहिला साना साना कुरामा सरकारको ध्यान पुग्न जरुरी छ ।
वर्तमान सरकार स्थिर र बलियो सरकार हो । यो सरकार समस्या समाधान गर्ने भन्दापनि मुलुकलाई मुठभेड तिर लैजाने बाटो समातिराखेको छ । देशमा शान्ति कायम हुन सकेन भने सरकारले परिकल्पना गरेको विकास र समृद्धिको सपना पुरा हुन सक्दैन । त्यसैले सरकार मुलुकमा शान्ति कायम गर्न वातावरण निर्माण गर्ने कुरामा केन्द्रित बन्नु पर्छ
अहिले मुलुक लामो समयको अस्थिरतावाट स्थिरताको बाटोमा लागेको अवस्था छ । शिक्षा, स्वास्थ्य, यातायात, उर्जा, बेरोजगारी समस्याआदी इत्यादीमा हामी धेरै पछि परेका छाैँ । यी समस्याहरू समाधान नभएसम्म विकासको गतिमा अघि बढन सक्दैनौ । अहिले देश संघीय शासन प्रणालीमा छ । विगतमा धेरै राजनीतिक प्रणाली असफल भए । अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छौ । यो हाम्रो देशको लागि नितान्त नौलो अभ्यास हो ।
अहिले हामी यो अभ्यास गरिरहेका छौँ । जुन देशमा आर्थिक अनुशासन र मितव्ययिता कायम हुन्छ, त्यो देशले मात्रै विकास र समृद्धि हासिल गर्न सक्छ । विगतमा हाम्रो देशको शासन प्रणाली असफल हुनुको एउटा मुख्य कारण आर्थिक अनुशासन र मितव्ययिता नहुनाले हो । विगतबाट पाठ सिक्दै अब सरकारले ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालमा रहेका आदीवासी, जनजाति, दलित, सीमान्तकृत, अल्पसंख्यकले आफ्ना अधिकारका लागी सरकारसँग माग राख्दै आएका छन् । उनीहरूका मागका विषयमा सरकार गम्भीर हुनु पर्ने जरुरी छ । नागरिकता सम्बन्धि समस्याका कारण तराईवासीमा असन्तुष्टि बढेको छ
। तराई क्षेत्रमा छानविन गरेर मात्रै नागरिकता प्रदान गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । हचुवाको भरमा नागरिकता वितरण गरियो भने भोली हामी नेपाली जनतालाई नै समस्या आउने छ । यो कुरा बुझन जरुरी छ । राजनीतिकदलहरूले संघीयताबाटै सवै समस्याको समाधान हुने भन्दै जनतालाई आश्वासन दिदै आए । अहिले संघीयता राजनीतिकदलहरूलाई घाडो बनेको छ । विश्वका २८ देशले संघीयतालाई स्वीकार गरेको पाउन सकिन्छ । बाँकी देशमा एकात्मक ढाँचाको व्यवस्था अघि बढिराखेको छ । संघीयतामा प्रवेश गरेका केहि देश व्यापक असन्तुष्टि व्यक्त गदै एकात्मक राज्यमा परिणत भएको देखेका छौ । युगोस्लाभियाबाट छुट्टिएका राज्य क्रोएसिया, बोस्निया, हर्जगोभिना यसका उदाहरण हुन् । जातीय, क्षेत्रीयताका आधारमा राज्य संरचना गर्ने विषयमा गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न राजनीतिकदलहरूलाई निकै सकस भएको छ ।
राजनीतिकदलहरूले राजनीतिलाई पेसा व्यवसाय बनाउदै लगे । यो नै हाम्रो देशको दुर्भाग्य हो । राजनीति भनेको समाजसेवा हो । दल र तिनका नेताहरूले यो कुरा बुझेनन् । हिजो चप्पल पड्काउदै सडकमा हिडने नेताहरूको अहिले घर, जग्गा, गाडी र सवै कुराको सेवा सुविधा छ, यो कसरी सम्भव भयो । राजनीतिबाहेक अरू पेसा व्यवसाय नहुने नेताहरूको निजी सम्पति कसरी यति धेरै भयो ? यसको खोजी र छानविन हुनु पर्ने आबश्यकता देखिएको छ । जनतालाई सास्ती दिएर नेताहरू मोटाउने काम भएको छ । यसले गर्दा जनतामा व्यापक निराशा आएको छ । हामीले लोकतन्त्र ल्यायौं तर दलहरूले सरकारमा बसेर थिति बसाल्न सकेनन् ।
नेपालको गणतान्त्रिक लोकतन्त्र सफल बनाउने वा असफल बनाउने जिम्मा राजनीतिक दलहरूको काँधमा छ । लोकतन्त्र बलियो र संस्थागत गर्न लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आबश्यकता देखिएको छ । नेपाली जनताले लोकतन्त्रको स्थापनाका लागी लामो संघर्ष गरेका छन । जनताको त्याग,तपस्या र बलिदानीबाट लोकतन्त्र प्राप्त भएको हो । अहिले मुलुकमा स्थिर सरकार छ । यो सरकारले जनताको अपेक्षा अनुसार काम गर्न भने नसकेकै हो । सरकारप्रतिको असन्तुष्टि चुलिदो छ । राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक आन्दोलनगर्ने धम्की दिइराखेको छ ।
राप्रपा सडक आन्दोलनमा छ । सबैका आआफना मागहरू छन । सबैका मागहरू सरकारले के कसरी सम्बोधन गरेर समस्याको समाधान गर्छ ? यो हेर्न बाँकी छ । नेत्रविक्रम चन्द समूहको क्रियाकलाप माथि सरकारले प्रतिबन्ध लगाए पछि उनीहरू नेपाल बन्दको आहवान गरिरहेका छन् । यी समस्याको समाधान कसरी गर्ने भन्ने बारे गहन छलफल हुन जरुरी छ । वर्तमान सरकार स्थिर र बलियो सरकार हो । यो सरकार समस्या समाधान गर्ने भन्दा पनि मुलुकलाई मुठभेड तिर लैजाने बाटो समाति राखेको छ ।
देशमा शान्ति कायम हुन सकेन भने सरकारले परिकल्पना गरेको विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले सरकार मुलुकमा शान्ति कायम गर्न वातावरण निर्माण गर्ने कुरामा केन्द्रित बन्नु पर्छ । नेपाली जनताले शान्ति र विकास खोजेका छन । यो सरकार त्यतातिर केन्द्रित हुनुपर्छ । हिंसा र आतंकले कसैलाई फाइदा गर्दैन । विप्लव समूह पनि बार्तामा आउनु पर्छ । बार्ता विना कुनै पनि राजनीतिक समस्या समाधान हुदैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि मुलुक प्रिितजम्मेवार बनेर सशक्त प्रतिपक्षको भूमिका खेल्न जरुरी छ । प्रतिपक्षीदल कमजोर र निरीह बन्यो भने सरकार निरंकुश बन्न सक्ने खतरा हुन सक्छ ।
यो जुन सुकै देशको संसदीय अभ्यासको कुरा हो । देशलाई सही बाटोमा लैजान प्रतिपक्षीदलहरूको ठूलो भूमिका हुन्छ । अहिले प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सोचेअनुसार प्रतिपक्षीको भूमिका खेल्न नसकेकै हो । कारण के हो भने कांग्रेस पार्टीभित्र आन्तरिक विवाद समाधान हुन सकिरहेको छैन । पार्टीभित्रको विवादले सिंगो देशलाई नै असर गरिरहेको छ । सरकारका गलत कामबारे संसदवाट रचनात्मक भूमिका खेल्दै सरकारलाई खबरदारी गर्नुपर्ने दायित्व कांकग्रेसको काँध माथि छ । यो जिम्मेवारी पुरा गर्न काँग्रेस अघि बढनु पर्छ । राष्ट्र र जनतालाई केन्द्र विन्दु बनाएर जसले राजनीति गर्छ त्यस पार्टीको मात्रै अब भविश्य छ ।
जनतालाई ढाँटने र भ्रमको राजनीति गर्नेको भविश्य अब छैन । जनताको नाममा सडकमा गएर चिच्याए पनि अब जनताले त्यस्ता पार्टीलाई साथ र सहयोग गर्नेवाला छैनन् । किनभने ति पार्टीहरूको जनताले टेष्ट गरिसकेका छन । सरकारमा बसेको वेलामा जनताको समस्या समाधानका मामिलामा समेत भाँच्न नसकेका दलहरू अहिले सरकार र संसद्देखि बाहिर हुँदा जनताको नाममा जति सुकै टाउको फुटाए पनि जनताले पत्याउने वाला छैनन् । हाम्रो देशमा राजनीति बढि भयो, काम भएन ।
जनताले अब काम र परिणाम खोजेका छन । वर्तमान सरकारले पनि काम नगर्ने, कुरा मात्रै गर्ने हो भने आउँदो चुनावमा जनताले ठेगान नलगाउलान भन्न सकिदैन । वर्तमान सरकारका लागी यो ठूलो अवसर हो । यो अवसरलाई विना अर्थ खेरा फाल्दै गएको छ । गत चुनावमा जनता सँग बाचा गरेका केहि काम त सुरु हुनु पर्ने हो, तर हुन सकिरहेको छैन । बोलेका कुरा पुरा गर्नु राजनीतिदलको दायित्व र कर्तव्य हो । जनताले सास्ति व्यहोर्नु परिरहेको छ । जनताका समस्या बढदो छन् । जनताका समस्या समाधान गर्ने बाटोतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया