फेल भएका विद्यार्थी भर्ना लिने क्याम्पस !

एजेन्सी, नयाँदिल्ली । विश्वको सबैभन्दा कठोर वातावरणमा अवस्थित भारतको सेक्मोल स्कुलले व्यावहारिक हरित शिक्षा प्रदान गरिरहेको छ । जम्मु कस्मिरको हिमाली क्षेत्रस्थित ११ हजार फिटमाथि लाखेद भन्ने ठाउँमा रहेको सो स्कुलमा कुनै वाइफाइ वा नेटवर्क छैन भने बिजुलीसमेत सौर्य ऊर्जाबाट उत्पादन गर्ने गरिएको छ ।  यति मात्र नभएर यस अनौठो क्याम्पसमा केबल १० फेल भएका विद्यार्थीलाई मात्र लिइने गरिएको छ । अनौपचारिक शिक्षामार्फत असफल विद्यार्थीहरूलाई पुनः विकसित गर्ने प्रयासअन्तर्गत विद्यालयले यस्तो नीति अपनाएको हो ।

लामो समयको कठिन जाडोयाममा तेज हावासँगै भारी हिमपात हुने सो ठाउँ रूखबिरुवाको रेखामाथि भएको हुँदा आसपासका क्षेत्र वनस्पतिरहीत छन् । तर, पनि विद्यालय परिसरले आफ्ना भवन वरपर एक हजार रूख रोपेको छ भने तरकारी खेती समेत गरेको छ । त्यसैले, पनि स्कुलले आफ्नो छुट्टै टाइम–जोन अर्थात समय निर्धारित गरेको छ र आधिकारिक घडीलाई मान्यता दिँदैन । यस्तोमा यो विद्यालय प्रवेश गर्ने जोकोहीले पनि आफू अर्कै दुनियाँमा भएजस्तो आभास गर्ने गरेको बताउँछन् ।

नियमित लदखी स्कुल प्रणाली अन्तर्गत पढाइने सो क्याम्पसमा अन्य विश्वविद्यालयहरू पनि त्यहाँका शिक्षकसँगै सो समुदायका प्रमुख हिस्सा हुन् । विद्यालयका निर्देशक कनचोक नोर्गेले बिबिसीसँग बताएअनुसार विद्यार्थीहरूले दिनमा एक वा दुई घण्टा वातावरणसम्बन्धी अध्ययन गर्ने गरेका छन् । त्यस्तै, सामान्य गणित पढाउँदा पनि हामीले भन्दा धेरै फरक शैलीमा सिकाइन्छ । जस्तै, झरनाबाट आइरहेको पानी अझ धेरै रूख रोप्नका लागि पर्याप्त छ कि, छैन वा पानी तताउन प्रयोग गरिने सोलार कुकरको कार्यक्षमताको हिसाब निकाल्न भनिन्छ । यसरी ती सोलार कुकरहरूको बाहिरपट्टि ऐना जडान गरिएको छ, जसले सौर्य ऊर्जा संकलन गर्ने गर्दछन ।

यसरी नोर्गेले आफ्ना अनुसन्धात्मक बायोगग्यास डाइजेस्टर उपकरण पनि गर्वसाथ बिबिसीलाई देखाएका हुन् । यसमा गाइबस्तुका गोबर एउटा लामो ट्युबमा राखी पानीसँग मिसाएर केही दिनका लागि छाडिन्छ । यसपछि सो ट्युबको माथिपट्टि जम्मा भएको ग्यास स्टिलबुलले फिल्टर गरी एउटा प्लास्टिकको रिजर्भ ट्यांकमा राखिन्छ ।

स्कुलका एक विद्यार्थी स्टानजिन सुनग्रब भन्छन्, ‘यहाँ हामीले कुनै व्यवसायिक ग्यासको प्रयोग नगर्नु र प्राकृतिक श्रोत साधनको मात्र उपभोग गर्नु आफैँमा धेरै ठुलो कुरा हो । र यस क्रममा उत्पन्न फोहोरलाई पनि हामीले भान्छाको बगैँचामा मलका रूपमा प्रयोग गर्न सक्छौँ ।’

यसरी प्रत्येक विद्यार्थीहरूले दैनिक फरक–फरक जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ र भ्रमणका लागि आएकाहरूलाई राति विद्यालयबारे वर्णन र प्रेजेन्टेसन गर्नुपर्दछ जसले आत्मविश्वास विकसित गराउने बताइएको छ । स्टनजिनले भने क्याम्पसका गाईहरू सेमा, थोट्कर र कर्जामासँग सम्बन्ध बनाउन घण्टौँ उनीहरूसित समय बिताउने गरेका छन् । बिहानको सात बजे सात मिनेटको ध्यानसँगै विद्यार्थीहरूको दिनको सुरुआत हुने गर्दछ र चिसो रोटि अनि एप्रिकोट फलको जामसँगै विद्यार्थीहरूलाई त्यस दिनको मुख्य लक्ष्यमा केन्द्रित रहन प्रोत्साहित गरिन्छ ।

तर, अझै पनि नवीनतम विकासका लागि क्याम्पसको वातावरण अत्यधिक चुनौतीपूर्ण रहँदै आएको छ जहाँ जाडोमा माइनस १५ डिग्रीदेखि माइनस २५ डिग्रीसम्मको तापक्रम पुग्ने गरेको छ भने गर्मीयाममा चाहिँ ३० डिग्रीसम्म हुने गरेको छ ।  वास्तवमा लदेखले धेरै लामो समय अगाडिदेखि वातावरणलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । एक स्थानीय हरित संस्थाका सञ्चालक सोनाम गत्सो भन्छन्, ‘हामीले यहाँ ३० वर्ष अगाडि नै प्लास्टिकमाथि प्रतिबन्ध लगाएका थियौँ ।’
स्थानीय बौद्धिक परम्पराले पनि त्यहाँ वातावरणसम्बन्धी चेतनाको प्रचारमा धेरै मद्दत पु¥याइरहेको सोनामको मान्यता छ । उनले थप भने, ‘हामी यहाँ कर्ममा एकदमै विश्वास गर्दछौँ । त्यसैले हामीले कोही व्यक्ति वा वातावरणलाई नराम्रो व्यवहार ग¥याँै भने हामीसँग पनि त्यही हस्र हुनेछ ।’

यसरी सेकमोललाई अत्यन्तै प्रभावशाली स्कुल मानिएको छ तरपनि यसले दुनियाँलाई सिकाउन खोजेका कुराहरू सेकमोलको एकान्त परिसरबाट कति टाढा पुग्ला, भन्ने प्रश्न पनि गरिएको छ । सेक्मोलका पूर्वविद्यार्थी उरुगेन नुर्बु त्यहाँ प्राप्त ज्ञानबाटै प्रभावित भएर आफैँले एउटा अर्को दुर्गम गाउँमा युवाहरूका लागि वातावरणीय संस्था खोलेका छन् र अहिले फेरि क्याम्पसमा बस्न थालेका हुन् ।

त्यस्तै, सेकमोलमा क्याम्पिङका लागि जानेहरूले पनि पुराना प्लास्टिबाट रेनकोट बनाउने गर्दछन् जसमा युवाहरूलाई प्रोत्साहन गर्न उरुगेनले वातावरणका वक्ताहरूलाई निम्ता गरिरहेका छन् । यसैगरी, त्यहाँबाट उत्र्तीण अर्का एक विद्यार्थीले भने आफ्नो छुट्टै वातावरण मैत्री ट्राभल कम्पनी खोलेका छन् । त्यस्तै अर्कोले चाहिँ वातावरण संरक्षणसम्बन्धी फिल्म निर्माण गरिरहेका छन् । सारा नामक आर्टिटेककी विद्यार्थी पनि अहिले माटो र काठ, पराल लगायतका सामग्रीबाट भवन निर्माणबारे अनुसन्धान गरिरहेकी छन् । उनी पनि सो क्षेत्रमा नयाँ विश्वविद्यालय डिजाइन गर्ने टोलीको हिस्सा हुन् । सो विश्वविद्यालयमा पनि सिकमोलको विचारबाटै प्रेरित वातावरण मैत्री पर्यटन र हरित आर्किटेक्चर सिकाउने योजना रहेको छ ।

अहिलेका लागि विद्यालयको उद्देश्य सबैको व्यक्तिगत मानसिकता बदलेर वातावरणप्रति जिम्मेवारीपन बढाउनु रहेको छ । बिबिसीसँग अर्की विद्यार्थी पद्मा डोल्माले भनिन्, ‘मेरो हजुरबुवाले मलाई पहिले हाम्रो गाउँ कति शान्त र सुन्दर थियो अनि यहाँका खोलामा माछा पनि पाइन्थ्यो भनेर सुनाउनु भएको थियो । त्यसैले, पनि हामीले यस मूल्यवान् वातावरणलाई भविष्यका लागि जोगाएर राख्न महत्वपूर्ण छ । किनकि, कुनै दिन गाउँ फेरि पहिले जस्तै हुन सक्छ ।’

उनले थप भनिन्, ‘म अब घर गएपछि मेरा परिवारलाई फोहोरमैला छुट्याएर व्यवस्थापन गर्न मनाउने प्रयास गर्न चाहान्छु । के उनीहरूले मेरो कुरा मान्नुहोला ? सायद सुन्नुहुन्न होला तरपनि म प्रयास गर्न छाड्ने छैन । बाटोमा अरू कसैले फोहोरको प्याकेट फालेको देखेँ भने पनि म आफैँ टिप्नेछु ।’

सान्जिनका अनुसार भने यो समय हाम्रो ग्रहका लागि अत्यन्तै महत्वपूर्ण र आपत्कालीन समय हो । उनले भने, ‘घरमा हामीले फोहोर फाल्ने गरे पनि यहाँ सबै रिसाइकल गर्ने गर्दछौँ । घरमा हामीले प्लास्टिक फाल्ने गरेका छौँ भने यहाँ हामी इन्सुलेटरका रूपमा प्रयोग गर्छौँ ।’

अधिक चिसो वातावराणमा समेत लदेखवासीहरू मौसम परिवर्तनबारे एकदमै सचेत रहने गरेका छन् । उनले फेरि भने, ‘गतवर्ष धेरै हिउँ नपरेका कारण गर्मीयाममा पर्याप्त पानी थिएन । यसरी हामी यति उचाइमा भएर नै हामीलाई सबैकुराको संरक्षण गर्नुपर्छ भन्ने छ र एक थोपा पानीको मूल्य पनि हामीले बुझिसकेका छौँ ।’

प्रतिक्रिया