कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्छ: महामन्त्री कोइराला

भादगाउँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्का जात्राको अवसरमा छ्वासटोलमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘कांग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।

‘बिपीले देखाएको बाटो कांग्रेसले विर्सन हुन्न, महामन्त्री डा. कोइरालाले भने, ‘राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको कांसभित्र नै मेलमिलाप नहुन दुःखद हो ।’ सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री डा. कोइरालाले भने, ‘सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ।’

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले दुई तिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा सररकार गम्भीर नभएको आरोप लगाए ।

नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनपछि निराश बनेका कार्यकर्तालाई पुनजाग्रित गराउन ‘जन जनमा काङ्ग्रेस, मन मनमा कांग्रेस’ भन्ने मूलनाराका साथ कांग्रेसले सुरु गरेको पुर्नजागरण अभियानले पार्टीलाई एकतावद्ध हुनमा अभिप्रेरित गर्ने बताए ।

प्रतिक्रिया