साल्ट ट्रेडिङले लाभांश दिने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले आव ०७४/७५ मा भएको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कर्पोरेसनले कुल १ अर्ब १० करोड ८१ लाख नाफा आर्जन गर्न सफल भएको थियो ।

कर्पोरेसनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्र्दै आव ०७४/७५ मा ९ अर्ब ६९ करोडको कारोबार गर्न सफल भएको बताए । अघिल्लो वर्ष ८ अर्ब ५८ करोडको कारोबार भएको थियो । अध्यक्ष मानन्धरले कर्पोरेसनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रूपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराए ।

प्रतिक्रिया