खोजखबर

विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश

सौर्य अनलाइन २०७५ फागुन ३० गते १९:५७ मा प्रकाशित

वीरगञ्ज । ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी राजपाले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी लामासहित नेकपा माओवादी तथा नेकपाका कार्यकर्ता राजपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई सो पार्टीका सहअध्यक्ष तथा पर्सा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले फूलमाला र अबिर लगाई स्वागत गरेका थिए । राजपा जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा भएको सो कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सांसद रमेश पटेल, क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष जटाशङ्कर गिरीलगायत उपस्थित थिए ।

प्रतिक्रिया