चाटर्ड इन्स्योरेन्स बेलायतको सद्भावना दूतमा पौड्याल

काठमाडौं । विगत ४० वर्षभन्दा बढी बिमा क्षेत्रमा सक्रिय दिनेश प्रकाश शर्मा पौड्यालयलाई बेलायतको चाटर्ड इन्स्योरेन्स इन्स्टिच्युटले सद्भावना दूतमा नियुक्त गरेको छ । चाटर्ड इन्स्योरेन्सका प्राक्टिसनरसमेत रहेका पौड्याल बिमाा, पुनर्बिमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा वरिष्ठ परामर्शदाताका रूपमा परिचित छन् । बेलायतबाट बिमा विषयमा एडभान्स डिप्लोमा गरेका पौड्यालयले त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका छन् ।

राष्ट्रिय बिमा संस्थान, नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेडको उच्च तहमा रही कार्यकारी भूमिका निर्वाह गरिसकेका पौड्याल सिआइआई कलेज अफ इन्स्योरेन्स युकेका अलमनाई, स्विस रि–एकेडेमी, स्विट्जरल्यान्ड र आइआइआई कलेज इन्स्योरेन्स इन्डियाका पनि अलमुनाइ हुन् ।

प्रतिक्रिया