निसानले ल्यायो नयाँ किक्स गाडी

काठमाडौं । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरूको आधिकारिक बिक्रेता पायो नियर मोटो कर्प प्रालिले फागुन–५ गतेदेखि निसानको नयाँ गाडी किक्स नेपाली बजारमा भित्र्याएको छ । उक्त गाडी नेपाली बजारमा इन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडीमा ८ इन्चको टच स्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । साथै, एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटका लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकका लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र इबिडी र बिए सहितको एबिएस समेटिएको छ ।

एसयुभी गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी, नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन । बिक्री सुरु कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले भने, ‘विश्वस्तरीय नयाँ सवारी साधनले नेपालीको अभिरुचि पूरा गर्ने र साथै यसबारे नेपालीहरूमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ र कार प्रेमी नेपालीहरूको मन जित्नेछ ।’

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १ दशमलव ५ एचफोरकेको ५ स्पिड म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १ दशमलव ५ डिसीआइको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । माइलेज क्षमता उत्तम मानिएको यस गाडीको पेट्रोल इन्जिनले प्रतिलिटर १४ दशमलव २३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २० दशमलव ४५ किलोमिटर गाडी चल्न सक्ने एआरएआइले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया