त्रिकोण एडभर्टाइजिङद्वारा गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग

 

काठमाडौं । मुलुककै अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरूप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीलाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गरे । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको उनले बताए ।

‘यसबाट आश्रमलाई औषधोपचारका क्रममा आवश्यक पर्ने थेरापी गर्न मद्दत मिल्छ,’ प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरता दिइरहेको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेका हौँ । भविष्यमा पनि यस्ता कल्याणकारी कार्य जारी राख्छौँ ।’  उक्त आश्रममा ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आश्रम प्रमुख स्वामी आत्मानन्द गिरीले उक्त सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्त उपकरणले थेरापी आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए ।

प्रतिक्रिया