एलआइसीले ल्यायो ‘जीवन साथी’ बिमा योजना

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआइसी नेपाल) लिमिटेडले जीवन साथी नामक नयाँ बिमा योजना सार्वजनिक गरेको छ । फागुन–१ गते एक समारोहका बीच बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो बिमा योजना सार्वजनिक गरेका हुन् ।

१८ देखि ६० वर्षसम्मका व्यक्तिहरूले यो जीवन बिमा योजना लिन सक्नेछन् । न्यूनतम बिमांक रकम २ लाख कायम गरिएको कम्पनी सचिव विनोदकुमार भुजेलले बताए । अधिकतम बिमांक सीमा बिमा अन्डरराइटिङ नियमअनुसार जति पनि लिन सकिनेछ । यस योजनामा बिमा अवधि १० वर्षको हुने कम्पनीले जनाएको छ ।

बिमा अवधिमा बिमितको निधन भएमा बिमांक र बोनस रकम निजको पति वा पत्नीलाई प्रदान गरिने र बाँकी अवधिका लागि निजको पति र पत्नीलाई बिमांकको अधिकतम ७५ लाखसम्म दुर्घटना लाभ र स्थायी अशक्तता लाभसमेत उपलब्ध गराइनेछ ।

प्रतिक्रिया