सैनामैनामा गण्डकी बैंकको शाखा

काठमाडौं । गण्डकी विकास बैंकले रूपन्देहीको सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारिक उद्घाटन गरेको छ । सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले सो शाखाको औपचारिक उद्घाटन गरे ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरूमा गरी ७७ वटा शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रूपमा कर्जा योजना लगायतका सेवा दिँदै आएको छ । बैंकले आव ०७५/७६ को दोस्रो त्रैमासमा सञ्चालन मुनाफा करिब ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप २६ अर्ब १९ करोड र कर्जा तर्फ २३ अर्ब ३८ करोड पु¥याएको छ । साथै, बैंकको निष्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

प्रतिक्रिया