सानिमा बैंक र भिपी आइएनसीबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र भिपी आइएनसीबीच दक्षिण कोरिया–नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ । यस सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईं र भिपी आइएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुनकीमले हस्ताक्षर गरे ।

यस सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरि १० हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।  सानिमा बंैकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसले युएई, मलेसिया, कतार, युके, दक्षिण कोरिया, अस्ट्रेलियालगायत विश्वभरिबाट रेमिट्यान्स सेवाका साथै आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ । सानिमा बैंकको हाल ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ एटिएम रहेका छन् ।

प्रतिक्रिया