अमित र दीक्षालाई स्वर्ण

काठमाडौं । सिसिआरसीका द्वय अमित बनेपाली र दीक्षा तामाङले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसतर्फ स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा अमित तथा गल्र्समा दीक्षा पहिलो भएका हुन् । ब्वाइजमा सीसीआरसीकै विजय तामाङ तथा गल्र्समा पनि सिसिआरसीकै अनुष्का प्रसाईं दोश्रो भए ।

ब्वाइज डबल्समा गोल्डेनगेटका रज्निश पौडेल र शुभम् थापाको जोडी पहिलो भए । सीसीआरसीका रूपेश श्रेष्ठ र सन्दिप थापा दोश्रो बने । गल्र्स डबल्समा सीसीआरसीका दीक्षा र अनुष्काको जोडीले स्वर्ण जिते । गोल्डेनगेटका रस्ना श्रेष्ठ र निकी राईको जोडीले रजत जिते ।

प्रतिक्रिया