प्यारी भाउजु ,
हाम्रा जन्मजात सभ्यताले तिमीलाई जय नेपाल मौलिक र कर्णप्रिय शब्दले सम्बोधन गर्नुपर्छ ,तिम्रो गरिमामय उपस्थिति मा फुलको गुच्छाले समर्पण गर्नुपर्छ, सामान्य भेटमा पनि दर्शन भनि सेवा भाव अर्पण गर्नुपर्छ, किनकी तिमी सबै देवर की सर्वमान्य भाउजु, जय नेपाल ।
हाम्रा जस्ता आदर्शवान सेवक २४आैं घन्टा तिम्रा वरिपरि गर्ने देवरहरू त छँदैछौ,तिम्रो नजर मा फुर्सिदला, आफ्नै भविष्य तिम्रै वरिपरि थमाएका, गन्तव्यबाट लरबराएका नालायक देवरहरू चाउरी परेका अनुहार बोकेर ,हातका बक्ररेखा लुकाउदै शिर झुकाएर जातले नपाएको समावेशी दर्शन र भाउजु तिमीले संस्कारबाट नपाएको जयनेपाल भनेर देखावटी मुस्कान छर्दै जीवनमा आफैँबाट आफैँलाई लज्जित महसुस गरिरहेका छौ, बिहान–बेलुकी तिम्रा परिक्रमा र चक्कर लगाँउदा ।
प्यारी भाउजु देशको कथा ,हाम्रा लुकेका सपनाहरू यथाबत त छँदैछन्, कहिले आशावादी हुन्छन् त कहिले निराशाले झांगिन्छ, भाउजुको हसिँलो मुहार देख्न पाउदाँ राष्ट्रको मुहार देखेजस्तो लाग्थ्यो र प्यारो देवर बन्न बिहान बेलुकी दर्शन भेट चढाई रहन्थेँ । तर, आज को सन्दर्भ दाईको ससुराली, तिम्रा केही वर्ष देखी फेरिएको नयाँ माइतीघर जुन राष्ट्रको नामबाट बकस मा मिलेको माइतीघरको जापान । आजकल पटकपटक वनस्थली दरबार छोड्दै छेदभेदी रूपमा आवत–जावत गरिरहन्छौ रे यहाँ ढोका कुरेर बस्ने देवरहरूले सँइकोसम्म हुँदैन रे । हामीजस्ता फुर्सदिला देवरहरू सधँ बाहिरबाटै सुमेरु पर्वत घुमे जस्तै चौघेरा मा परिक्रमा गरिरहन्छौँ ।
शेरनीसँग शेर पनि गल्दोरहेछ । अस्ति भर्खर तिमीले प्रधानन्यायाधीश काण्डमा दाइलाई डामिदियौ ,आइजिपी काण्ड मच्चायौ ,त्यतिले नपुगेर वाइडबडी काण्डमा मुछियौ । विचरा त्यो जनसम्पर्क समिति त्यस्तो के देख्यौ र त्यहाँ पनि निलम्बनको पत्र काण्ड मच्चायौ ? नियुक्ति र ठेक्का–पट्टा कति खायौ खायौ अनि चुनावमा कांग्रेसलाई लोप्पा खुवायौ फेरी जापानमा पनि भइरहेको जनसम्पर्कलाई क्वाप्पै खायौ
तर, प्यारी भाउजु आज तिम्रो बकसको माइतिघरमा समय र पसिनासँग मूल्य साटेर कर्म गरिरहने कयाँै देवरहरू छन् तिमी विवाह गरेर यस घर अनुबन्धित हुनभन्दा अगाडि नै रगत ,सिद्धान्त ,आदर्श र तिम्रा श्रीमानको कठोर यात्रामा सहयात्री भन्दै रात दिन जेलका कोठरीमा गुजार्ने रगत सम्बन्धका छिटाहरू र तिनका मनग्य सन्तानहरू आज तिम्रो बकसको माइतघर कर्मभूमि बनाई बचेकुचेको समय नेपाली जनसम्पर्क समितिको नामबाट राष्ट्र र पार्टीलाई अनुदान गरिरहेका छन् तर, ति देवरहरूले हामीजस्तै सुमेरु पर्वत घुमे जस्तै त्यहाँ घुम्न नसक्लान् ।
तर, पनि तिनीहरूको अनुहार हँसिलो, हातका रेखा मुलायम छन् । सोच हाम्रोभन्दा विकसित छ ,सम्मान दिनेलाई सम्मान गर्न सिकेका छन् शिर झुकाई अभिवादन गर्न पनि जानेका छन् तर पनि प्यारी भाउजु सुटुक्क आउने जाने गर्छौ रे किन तेस्ता कर्मठ देवर हरूसँग मन कुडिएको हो तिम्रो ? माइतीतिरकालाई मात्रै खोज्छौ रे ??
तिनै देवर हुन दाईले बत्तिस लक्षणले युक्त भाउजु , सुन्दरता सँगै विज्ञताले सिंगारिएकी भित्र्याउँदा गर्व गर्ने गर्थे । वाक्यशैलीको निपुणता, महिला सशक्तीकरण आबाजका बुलन्दताहरूल देवरहरूको केन्द्रविन्दु थिइन् प्यारी भाउजु । राज्यसत्ताको विरुद्धको आन्दोलनमा गुमाएको अर्ध आवाजको दाईको जिब्रोले अब लटपटिनु पर्दैन, भाउजुको मिठास रुप ,सुन्दरवाणीले आम देशलाई भरोसा दिलाउँदै देवरहरको गन्तव्य पनि सुनिश्चित हुन्छ भन्ने लाग्थ्यो ।
तर, खानदानी भाउजुको आगमनले देवरहरूको जय नेपाल शब्द पनि कुहिराको काग जस्तै बन्दै दर्शन शब्दमा भाई भरदारको परिधीमा सिमित हुनपुग्यो । दुर्भाग्य केही लाचार देवरहरू भाइको नातामा परिणत भए त केही माता सम्झी आरति गर्ने भए बाँकी सबै देवरहरू आमापछिकी ममता की खानी र स्नहेयी बोकेकी भाउजुबाट टुहुरा बन्न बाध्य भए । सन्दर्भ नेपाली जनसम्पर्क समिति जापानका ति अभागी देवरहरू ।
दाई भनेपछि हुरुक्क हुने हुनाहार देवरहरू तातो तन्दुरमा रोटी पोलेर बचेको समय र जापनिज येन खर्चिने देवरहरू, पुराना गाडी खोली पाटपुर्जा बेची कमाउने देवरहरू, समयसँग निद्रा धरौटी राखी भविष्य खोज्ने देवरहरू कसैलाई पनि सम्झिनन् कति निष्ठुरी भइछिन् प्यारी भाउजु । कन्तबिजोग भएको छैन टुहुरा देवरहरूको, हाम्रो भेटी नचढ्ने भएर होकी ? भाउजु स्वार्थ नमिले र हो प्यारा देवरहरू अहिले त टुहरा भएछन्, कोहाल गर्दै वेदनाको पोको बोकेर दाईको आसेपासे लाई गुहार्दा पनि पिठ्यु फर्काएका छन् दाईले पनि कुन्नी किन हो ?
हिजोसम्म ठुल्दाइको जुठो खाएर कान्छो भाई झै हुर्केका कान्छाहरू भाउजुको माइती मोहले ले रणभुल्ल परेका छन् रे ।, भाउजुको फन्दामा दाइ घुमेको देख्दा पछुताउदै विलापपत्र लेख्दै छन् रे, कति आवेगबाट ग्रसित होलान् । न त्याग पत्र कोर्न सक्छन् ? न अंशबण्डा खोज्न सक्छन् ति कान्छा देवरहरू । आमा जस्ति भरोसा गरेकी भाउजुको चुंगुलमा दाईले गतिछाडे पछि देवरहरूको आशा ,साहस ,चक्नाचुर भई पानी पानी भयो । दाइलाई ससुराली र भाउजुलाई माइती प्यारो भए पछि ।
यो माघको महिना धार्मिक महत्वको महिना । श्री स्वस्थानी व्रतकथा महिमा प्रारम्भ भएको छ ,महिनौको कथा श्रवण , उपवासबाट ज्ञानफल प्राप्त हुने विश्वास बोक्छ । त्यस्तै, माइती घर पुगेकी पार्वती जस्ती रूपवती, देवी्जस्ती सिंह आसन मा बसेकी, कालीमाताजस्ती रूप बोकेकी विलक्षण भाउजुलाई जस जसले भेटी अमृतपान र सम सयर गराई जापान टोकियोको चिसो मौसममा न्यानो भक्तिभाव देखाउँछन् ती देवरभाईहरूलाई स्वास्थानीको सांगेको प्रसादजस्तै जनसम्पर्क समितिको अंशबन्डा मिल्छ की ।
जाग्ने वेला यही हो, काठमाडाैंको गल्ली गल्ली मा ती झोले भाइहरूको पछि लाग्नुभन्दा टोकियो मै सुन पानी छर्किएर चोखाइदिने छिन् माइत गएकी भाउजु ले । नछोड है भाउजु को साथ लोर्के देवरहरू, सुनौलो मौका गुमाउने छौ नत्र कुनै हनुमानले पनि संजिविनी बुटी खुवाएर बिताउँला भन्ने नसोच । यि सबै कलियुगका हनुमान हुन पुच्छर नभएका वरिपरि घुम्ने मात्र हुन् ।
अझै पनि राष्ट्रको बकसमा मिलेको माइतमा विराज भएकी प्यारी भाउजुलाई विलाप गर्ने अन्तिम अवसर पनि हो । हिमालय श्रंखलामा वास गरेकी पार्वती माताजस्ती भाउजुलाई दर्शन भेट । भाउजुका इन्द्रीयहरूलाई हर्षपान गराएर शिव भगवानजस्ता दाईको भजन गाए, दाइको रिसको पारो घट्ने थियो की, बरू ।
भाङ् र नशा होकी के मा लठ्ठिएका दाइभाउजुले यति धेरै देवर र भाइहरूको मान मर्दनमा गला रेटिदिए । जापान कांग्रेसलाई बेघर को बनाएर छाडिदिए , ताजुब लाग्छ आफ्नै स्वार्थ ठूलो रैछ ,शेरनीसँग शेर पनि गल्दो रैछ ।
कति परीक्षा लिन्छौ माइती गएकी भाउजु ,लाचार छन् ति जनसम्पर्क जापानका देवरहरू मुख बाँधेर बसेका छन् कुनै दिन मुख खोले भने तिम्रा अनुहारमा छिट्टा पार्न सक्छन् । हे मेरी भाउजु तिम्रा तागत पनि देखी सके, अस्ति भर्खर तिमीले प्रधानन्यायाधीश काण्डमा दाइलाई डामिदियौ, आइजिपी काण्ड मच्चायौ, त्यति ले नपुगेर वाइडबडी काण्डमा मुछियौ । विचरा त्यो जनसम्पर्क समिति त्यस्तो के देख्यौ र त्यहाँ पनि निलम्बनको पत्र काण्ड मच्चायौ ? नियुक्ति र ठेक्का पट्टा कति खायौ खायौ अनि चुनावमा काग्रेसलाई लोप्पा खुवायौ फेरी जापानमा पनि भईरहेको जनसम्पर्क लाई क्वाप्पै खायौ ।
कति नअघाएकी काग्रेस खाएर ?? कहिलेसम्म भोग गर्छ्यौ ??
मान्छे हेर्दा कति कोमल र मायालु ,भाउजुजस्ती लाग्छ तर कति साह्रो मन रैछ कुन्नी के मा मन टुट्यो, दाई घुमे वाईपन्खी घोडैमा, भाउजु घुमिन् जापानको रेलैमा, आदर्श र नैतिकता भएर धैर्यता गुमाएका देवरहरूले पक्कै यस्ता गित नगाउलान् भन्न सकिन्न ।
प्रिय भाउजु ती विदेशमा कर्म गरेर बसेका देवरहरू तिम्रो खोरियामा तेसै उम्रिएका सिसौका बोट हैनन्, जहिले मन लाग्यो उहिलै फाँडिदिने, तिनीहरू कांग्रेसको खोरियाका अग्राख, सतिसाल हुन जीवन्तसम्म अस्तितवमा रहने, त्यसको मूल्य भाउजु तिमीले कुनै दिन सम्झी सम्झी चुकाउनुपर्नेछ । अझै पनि संयम छन् ति अभागी देवरहरू ।
उही प्यारो देवर
विनायक थापा
भाउजुकै माइतको आँगनबाट
प्रतिक्रिया