रसियाा पनि आइएनएफबाट फिर्ता

मस्को । रुसले मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन आइएनएफ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको छ ।

अमेरिकाले आइएनएफ सन्धिमा रहेको आफ्नो संलग्नतालाई गएको शुक्रबार निलम्बन निलम्बन गर्ने घोषणा गरेपछि रसियाले पनि शनिबार सो घोषणा गरेको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अब नयाँ क्षेप्यास्त्रहरूको विकास गर्ने जनाएका छन् ।

अमेरिकाले रसियाले सन्धी उल्लंघन गरिरहेको आरोप लगाउँदै उ सँग भएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धी स्थगनको घोषणा गरेको भोलिपल्टै रसियाले पनि त्यस्तै घोषणा गरेको हो । सन्धी दुई देशबीच सन् १९८७मा भएको थियो । शीतयुद्धकालमा आणविक शस्त्रास्त्र नियन्त्रणको दिशामा यो सन्धीलाई महत्वपूर्ण मानिँदै आएको थियो ।

सो सन्धीमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र पूर्व सोभियत संघका नेता मिखाइल गोर्वाचोभले हस्ताक्षर गरेका थिए । सो सन्धी अमेरिकी सिनेटले २७ मे १९८८मा पारित गरेको थियो भने १ जुन १९८८बाट कार्यान्वयनमा आएको थियो ।

सो सन्धीले ५ सयदेखि १००० किमी छोटो दूरी र १ हजार देखि ५ हजार ५सय किमी मध्यम दूरीमा आणविक मिसाइल प्रयोगलाई निषेध गरेको थियो ।

प्रतिक्रिया