सिर्जनशील इन्जिनियरहरूको ‘जिज्ञासा’ सुरु

अस्मिता खडका  ,  काठमाडौं । सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, आइटी, इन्भाइरोमेन्टलगायत क्षेत्रका इन्जिनियरिङ समूहको सहभागिता तथा स्वतन्त्र विधार्थी युनियनको आयोजनामा शुक्रबारदेखि ‘जिज्ञासा एक्स्पो ’ सुरु भएको छ । राजधानीस्थित थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक्स्पोको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरे ।

प्रदर्शनीमा सिर्जनशील इन्जिनियरिङ विधार्थी समूहले तयार पारेका विभिन्न सामग्रीका नमुना प्रस्तुत गरिएका छन् । जसअन्र्तगत नागढुंगा टनेल, पहाड भेगमा हुने दुर्घटनालाई न्युनिकरण गर्ने सुरक्षाका सम्भावित सामग्रीहरू, खेर गएको पानि पुन प्रयोग गर्न मिल्ने विधि, प्लास्टिकको पुन प्रयोग, विभिन्न घरका डिजाइन लगायतका नमुना प्रदर्शनीमा राखिएका छन् ।

उद्घाटन समारोहमा स्ववियु सभापति प्रज्वल खत्रीले भने ‘थापाथली क्याम्पसको इतिहासमा आयोजित यो पहिलो प्रदर्शनी हो । सातवटा इन्जिनियरिङ विभागलाई समावेश गरेर यो कार्यक्रम प्रस्तुत गरेका छौँ । प्रदर्शनीमा राखिएका सबै नमुना सामग्री विभिन्न कलेजका विधार्थी साथिहरूको समूहले डिजाइन गर्नुभएको हो ।’ उनका अनुसार थापाथली क्याम्पस स्थापना भएको ५३ वर्ष वितिसक्यो ।

५३ वर्षीय इतिहासमा यस्तो खाले कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो । तर, यसअघि ०६७÷६८ सालमा भने औद्योगिक एक्स्पो नामक प्रदर्शनी आयोजना गरिएको थियो । यस प्रदर्शनीको मुख्य आकर्षक रोबोट प्रतिस्पर्धा रहेको घिमिरेले बताए । प्रदर्शनीमा भएको प्रतिस्पर्धा हुने विजेतालाई ५० हजार राशिको पुरस्कारको व्यवस्था छ । यसभन्दा मुनि २० हजार र १० हजार राशिसम्मको पुरस्कारको व्यवस्था छ ।

प्रदर्शनीमा इन्जिनियरिङ क्षेत्रका ५५ वटा स्टल राखिएका छन् । इन्जिनियरिङ पढ्दै गरेका तथा यसैलाई आफ्नो पेसा बनाउने विधार्थीका लागी यस्ता कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने आयोजक कमिटिका सदस्य शवनम बन्जियारले बताइन् । साथै, यस्ता कार्यक्रमले विधार्थीहरूलाई प्रोत्साहन दिनुका साथै उनिहरूलाई जागरुक बनाउनमा सहयोग पुग्ने समेत उनले बताइन् ।

आयोजक कमिटिका अनुसार जिज्ञासा नामक कार्यक्रमले इन्जिनियरिङ क्षेत्रका विभिन्न सिर्जनात्मक सामग्री प्रस्तुत गरी यस क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई अझै जागृत गराउनु मुख्य उदेश्य हो । पछिल्लो समय यस क्षेत्रका व्यक्तिहरूको गन्तव्य अन्य मुलुक हुने गरेकोले आगामी दिनहरूमा उनीहरूलाई स्वदेशमै रोकेर यहिको विकास गर्नमा सहयोग पु¥याउने अपेक्षा राखिएको समेत आयोजक समितिले बताएको छ । कार्यक्रमको पहिलो दिन करिब चार हजारभन्दा बढीले अवलोकन गरेका थिए । माघ १८ गते सुरु भएको ‘जिज्ञासा एक्स्पो’ माघ १९ गते शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया