मुठभेड ननिम्त्याउन कांग्रेसको चेतावनी

वीरगंज । वीरगंजको घण्टाघरस्थित बिपी उद्यानको जग्गाको विषयमा विवाद उत्पन्न भएको छ ।

वीरगंज महानगरपालिका–९, स्थित १० बिगा क्षेत्रफलमा रहेको जग्गामा सहिद पार्कको शिलान्यास हुने सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो । विपी उद्यानको जग्गामा सहिद पार्कको शिलान्यास गर्न लागिएको थाह पाएलगत्तै नेपाली कांग्रेस, पर्साले पत्रकार सम्मेलन नै गरी त्यसको विरोध गर्दै तत्कालको लागि शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेको छ ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलद्वारा संयुक्त रूपमा गर्न लागिएको पार्कको शिलान्यास कार्यक्रम स्थगित गरी महानगरपालिकाको निर्णयअनुसार अगाडि बढ्नुपर्ने कांग्रेसको माग छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले विपि उद्यानको नाउमा र महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा महानगरपालिका कार्यालयसंग कुनै समन्वय नै नगरी सहिद पार्कको शिलान्यास गर्न लागिएकाले हाम्रो विरोध रहेको वताए ।

२४ पुस २०६० मा नेपाल सरकारको मन्त्री परिषद्को निर्णयअनुसार बिपी उद्यानको नाम रहेको जग्गामा हामी र महानगरपालिकासँग कुनै समन्वय र सल्लाह नै नगरी पार्कको लागि गर्न लागिएको शिलान्यासले मुठभेड निम्त्याउन सक्ने द्विवेदीले बताए । जग्गाको लालपुर्जामा प्रस्टरूपले लेखिएको बिपी उद्यानबाहेक अन्य कुनै प्रयोजनको लागि प्रयोग नहुने देखाउदै उनले भने महानगर कार्यपालिकाको निर्णयबेगर गर्न लागिएको कार्य कुनै हालतमा मान्य नहुने वताए ।

कसैले लेखेर दिए पनि नमान्ने बताउँदै सभापति द्विवेदीले कानुनी लडाइँ लड्नुप¥यो भने हामी लडछौं, राजनीतिक लडाइँ लड्नुपरे पनि लड्ने पछाडि नहट्ने बताए । उनले थपे, ‘सरकार प्रमुख जस्तो व्यक्तिले नगर प्रमुखलाई समेत वाइपास गर्दै नियमविपरीत गर्न लागेका छन् ।’ आफूले व्यक्तिगत रूपमा मुख्यमन्त्रीलाई फोन गरी बुधबार गर्न लागिएको कार्यक्रम स्थगित गर्न भनेकोसमेत उनले जानकारी गराए ।

हतारमा शिलान्यास कार्यक्रमको कार्ड बाँडिसकिएपछि मात्र सहरी तथा भवन निर्माण कार्यालयलाई समेत पत्र पठाई जानकारी गराएको उनको कथन छ । यस विषयमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीसँग बुभ्mदा शिलान्यास कार्यक्रमबारे आपूmलाई थाहा भए पनि प्रक्रियागतरूपमा नगरिएको प्रतिक्रिया दिए । यस विषयमा कार्यपालिकाको बैठक बोलाएर निर्णय लिने बताउदै मेयर सरावगीले महानगरपालिकाले कुनै स्वीकृति नदिएको समेत बताए ।

प्रतिक्रिया