‘जोकर जादुगर २’ को ट्रेलर

काठमाडौं । हाँस्यप्रधान चलचित्र ‘जोकर जादुगर २’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेता महादेव त्रिपाठीलाई जोकरको रूपमा प्रस्तुत गर्दै उनी कसरी जोकर बन्न पुगे उक्त विषयलाई देखाइएको छ । यो चलचित्रको केही दिनअघि मात्रै गीत सार्वजनिक गरिएको थियो ।

याक इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहेको ‘जोकर जादुगर २’ को महादेव त्रिपाठीले नै निर्देशन गरेका छन् । चलचित्रमा विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माण रहेको छ ।

चलचित्रमा त्रिपाठीसँगै सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), सिम्पल खरेल, अन्जु थापा, होचो कलाकार दिपेन शाह, राजेन्द्र गिरी, विनोद राई, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विशेष पन्त, सरु धिमाल, सूर्य चन्दलगायत कलाकारहरूको अभिनय रहेको छ । अभिनेत्री सिम्पल खरेलले यसै चलचित्रमार्फत डेब्यु गर्दैछिन् ।

मधुर बस्नेतको छायांकन तथा तारा थापा किम्बेको सम्पादन रहेको यो चलचित्रको लेखन विशेष पन्तको रहेको छ । चलचित्रमा सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्रब्र बिश्कोको आवाज तथा संगीत रहेको छ । त्यस्तै, स्रमाट बस्नेतको द्वन्द्व, शिव वि.क, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी रहेको छ । रिच इन्टरटेमेन्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरण गर्ने यस चलचित्रले नेपाली समाजको यथार्थपरक घटनालाई हास्य तवरबाट उठाएको निर्देशक त्रिपाठीले बताए ।

प्रतिक्रिया