अक्षय र करिना फेरि एकसाथ पर्दामा

काठमाडौं । नायक अक्षय कुमार र नायिका करिना कपुरद्वारा अभिनय गर्ने भारतीय चलचित्र ‘गुड न्युज’ को छायांकन सुरु भएको छ । नायक कुमार र नायिका कपुर यस चलचित्रमा फरक जोडीको रुपमा देखिने भएका छन् ।

बुधबारबाट उक्त चलचित्रको छायांकन सुरु भएको बताइएको छ । अक्षय कुमारले आफ्नो सामाजिक संजालमा १० बर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको बताएका छन् ।

चार बर्षको अन्तराल पछि पुनस् यी दुई जोडीले चलचित्रमा काम गर्न लागेका हुन् । यसभन्दा अघि ‘गब्बर इज ब्याक’ चलचित्रमा उनीहरु सँगै देखिएका थिए । राज मेहताद्वारा निर्देशन उक्रता चलचित्र ’गुड न्युज’ मा अक्षय र करिना एक बिवाहित जोडीका रुपमा देखिने भएका छन् ।

प्रतिक्रिया