एसियन लाइफ इन्स्योरेन्सको ‘एसियन क्रिटिकल केयर’ सार्वजनिक

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरूविरुद्ध बिमा सुरक्षा प्रदान गर्नको लागि “एसियन क्रिटिकल केयर” पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधा (पुरक करार) बाट बिमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरूपण भएमा उपचार खर्चबापत एकमुष्ठ रु. ५० लाखसम्म भुक्तानी पाउँछन् ।

मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा जीवनभरीको पसिनाको कमाई निमेषभरमै स्वाहा हुनसक्छ । यस्तो गम्भीर रोगको उपचार खर्चको लागि “एसियन क्रिटिकल केयर (घातक रोग लागेमा थप सुविधा दिने बारेको पूरक करार)” ले बीमितलाई तनावबाट टाढा राख्नेछ ।

यो सुविधा मूल बिमा लेखमा ऐच्छिक सुविधाको रूपमा समावेश गर्न सकिनेछ । कम्पनीले १८ वटा घातक रोगविरुद्धको रक्षावरण, रु. ५० लाख सम्मको एकमुष्ठ बिमा रकम प्राप्त हुने, बिमा रकम लिन अस्पतालको बिल पेस गर्नु नपर्ने, बिमांक रु. ५० हजारदेखि रु. ५० लाखसम्म र १६ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिले गर्न पाउने जनाएको छ ।

कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालयमार्फत् सेवाग्राहीलाई घरदैलोमा बिमा सेवा प्रदान गर्दै आइरहेको छ । यस कम्पनीको हाल अधिकृत पूँजी रु. ५ अर्ब, चुक्ता पुँजी रु. १ अर्ब २५ करोड ६७ लाख रूपैयाँ रहेको छ भने २०७५ पौष मसान्तसम्म करिब रु. १५ अर्ब रूपैयाँ बराबरको जीवन बिमा कोष रहेको छ ।

प्रतिक्रिया