पृथ्वीनारायण शाहका दुर्बल पक्ष

२०४६ सालको राजनैतिक परिवर्तनपछि नेपालका आदिवासी जनजाति, मधेसी, दलितलगायत उत्पीडित जातजाति र वर्गका मान्छेहरूले नेपालको भगौलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहका दुर्बल पक्षबारे छिटफुट रूपमा टिप्पणी गर्न पाएका हुन्टि-प्पणी गर्न पाइएको छ । अझ ०६२-६३ को परिवर्तपछि त राज्य पक्षकै केही उदारवादी बाहुन क्षेत्रीहरूले नै नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहका कमी कमजोरी र दुर्बल पक्षका बारेमा लेख्न र बोेल्न वा भनौं सार्वजनिक रूपमा बहस गर्न थालेका छन्

नेपालका भगौलिक एकीकरणकर्ता तथा गोरखाका तत्कालीन राजा पृथ्वीनाराण शाह जस्ता महान व्याक्तिका कतिपय दुर्बल पक्ष पनि छन् । तर, दुर्बल पक्ष लुकाउने र सबल पक्षलाई अलि बढी नै उछालेर लेख्ने प्रचलन छ । भावि पुस्ताका लागि मार्गनिर्देशन होस् भनेरै महान काम गर्ने व्यक्तिको विषयमा लेख्ने गरिन्छ । त्यसैले सबल पक्ष मात्रै होइन दुर्बल पक्षलाई पनि उल्लेख गर्न सकियो भने मात्रै भावि पुस्ताका लागि मार्ग निर्देशन हुने हो ।

राम्रा कामको अनुशरण गर्दै जाने र नराम्रा काम सच्याउँदै जाने हो भन्ने कोणबाट पृथ्वीनारायण शाहको विषयमा लेख्नेहरू ज्यादै थोरै देखिए । उनले नेपालको भगौलिक एकीकरणको क्रममा गरेका कमी कमजोरीहरू र दुर्बल पक्षबारे भने ९० प्रतिशतभन्दा बढी प्राडा, लेखक, विश्लेषक, पत्रकारलगायत सञ्चारकर्मीहरूले केही लेखेनन्बो-लेनन् ।

यो वर्ष जति पनि पृथ्वीनारयण शाहका बारेमा लेखिएको लेख, रचना पढियो, अन्तर्वार्ता सुनियो । त्यसमध्ये एकजना लेखकले मात्रै धेरै ढीला गरी (२०७५ माघ–२ गते एक पत्रिका दैनिक पत्रिकामा आहुतिको ‘पृथ्वीनारायणको टेकोमा राष्ट्रवादको यात्रा’ शीर्षकको लेख छापिएको छ ।) विभिन्न तथ्य, तर्क र विश्लेषणसहित पृथ्वीनारायण शाहबारे सर्वपक्षीय ढंगले र, खुलेर कमी कमजोरीहरू तथ्यपरक ढंगले केलाएर लेखेका छन् ।

इतिहास विद् दिनेशराज पन्तले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै के भने भने, ‘कीर्तिपुरका केही जनताहरूको नाक कान काटिएकै हो’ । सो कुरो पृथ्वीनारयण शाहले नियुक्त गरेका कविले नै लेखेका छन् । जुन कुरो मैले मेरो “… नामक किताब”मा पनि उल्लेख गरेको छु ।’ अरू केही नभए तापनि पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गर्ने भएका कमी कमजोरी औंल्याउने, त्यसलाई स्वीकार गर्ने आँट र हिम्मत भए क्षमायाचना गर्दै अघि बढ्दा राम्रो होला कि ? माथिको पछिल्लो भनाइ यहाँ किन उल्लेख गरिएको हो भने, पृथ्वीनारायण शाहको हनुमानगिरी गर्नेहरूले पृथ्वीनारायणले कीर्तिपुरमा विजयपछि त्यहाँका जनताको नाक, कान, … काटिएकै थिएन ।

त्यो वेला भक्तपुर राज्यमा आएर बसेका क्रिस्चियन पादरीलाई धपाइएको (देश निकाला गरेको) ले पश्चिमा देशका विद्वान-लेखकहरूले साटो फेर्नलाई नभएको कथा हालेर लेखेका हुन्, मिथक बनाइका हुन् भन्ने आशय व्यक्त गर्छन्, आप्mनो लेख, रचना र अन्तर्वार्ताहरूमा । तर, यदि त्यसो हो भने, अहिलेसम्म पनि कीर्तिपुरवासीहरूले किन कीर्तिपुरको बाघभैरव मन्दिर नजिकको ठूलो ढुंगोमा थुक्ने गर्छन् ? के त्यो वेला भक्तपुर राज्यमा आएर बसेका क्रिस्चियन पादरीले आफू धपाइएपछि (देश निकाला गरेपछि) नेपाल छोड्नुअघि यो ढुंगोमा तिमीहरूले थुक्नु है ! भनेर गएका थिए ? पक्कै पनि त्यस्तो होइन होला । यदि हो भने, पृथ्वीनारायण शाहका अतिशय प्रशंसक, समर्थक र हनुमानगिरी गर्नेहरूले यो विषयमा पनि खोज अनुसन्धान गर्दा हुन्छ । साँच्चै पश्चिमा देशका विद्वान÷लेखकहरूले साटो फेर्नलाई नभएको कथा हालेर लेखेका हुन्, मिथक बनाइएको हो भने ।

किनभने, आजको दिनसम्म आइपुग्दा पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेको कुरोलाई प्रायः सबैले राम्रो काम भनेका छन् । हुन सक्छ, जसरी नेपालका भगौलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहले भूगोल एकीकरण गर्ने क्रममा गरेका सबै कामकारबाहीहरू सोह्रै आना ठीक हो, भन्ने अन्धभक्तहरू ९० प्रतिशतभन्दा बढी छन् । नेपालका भगौलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहले भूगोल एकीकरण गर्ने क्रममा गरेका सबै कामकारबाही गलत थिए भन्ने पनि केही प्रतिशत अवश्य नै छन् ।

खासगरी, नेपालको भौगोलिक एकीकरणपछि पल्लो किराँत भनिन थालेको लिम्बुवानका लिम्बू राजाहरूलाई हतियारको युद्धले मात्रै हराउन नसकेपछि गरिएको विसं १८३१ को सन्धिलाई पृथ्वी नारायण शाहका उत्तराधिकारीहरूले उल्लंघन गरेको हो कि होइन ? त्यस्तै नेपालको भगौलिक एकीकरणपछि माझ किरात भन्न थालिएको खम्बुवान क्षेत्रलाई नेपालका भगौलिक एकीकरणकर्ता पृथ्वीनारायण शाह र उनका भाइभारदारहरूले कसरी जिते ? यी पक्षहरूमा पनि बहस र छलफल गर्दा राम्रो हुन्छ कि ?

उता पश्चिमका २२ से, २४ राज्य (ठकुराई) जित्ने क्रममा तत्कालीन गोरखाली सेनाले केकस्ता हतकण्डा अपनाएका थिए ? किन ती ठकुराई क्षेत्रका जनताहरूले गोरखाली शासकहरू प्रति नकारात्मक गीत, किस्सा, कहावत, तथा उखान टुक्काहरू निर्माण गरे ? वा भनौ प्रचलनमा ल्याए ? अवश्य नै एकीकरणका लागि खटिएर गएका गोरखाली सेनाले गरेको ज्यादतीकै कारण नै ती २२ से, २४ से राज्यका जनताहरूले गोरखा राज्य र गोरखाका शासकप्रति नकारात्मक गीत, किस्सा, कहावत, तथा उखान टुक्काहरू निर्माण गाउन थाले होलान् । आप्mनो राज्य र परिवार गुमाएको छटपटीमा अरु केही गर्न नसके पनि मनको वह पोख्न थाले होलान् ।

माथि सुरुमै भनेभैंm म जस्तो अकिञ्चन र केही नजान्ने कुलुङे ! ले नेपालका भगौलिक एकीकरणकर्ता तथा गोरखाका तत्कालीन राजा जस्ता महान व्यक्ति पृथ्वीनाराण शाहबारे लेख्न खोज्नु भनेको हुट्ट्यिाऊँले आकाश थाम्न खोज्नुजस्तै हो । तापनि, यो पंक्तिकारलाई अभैm पनि चित्त नबुझेको भनेको पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा आफैँ जेठान मार्नु, आफ्नै मितको राज्य खोस्नु वा उनलाई राज्यबाट हटक गर्नु जायज नै हो त ? यसबारेमा पनि आगामी वर्ष पृथ्वी जन्म जयन्तीको अवसरमा लेख्ने, बोल्ने प्राडा, लेखक, विश्लेषक, पत्रकारलगायत सञ्चारकर्मीहरूले लेख्नुहुनेछ, बोल्नुहुनेछ भन्ने आशा गर्न सकिन्छ । जन्मजयन्ती मनाउनेहरूले उनको जन्मजयन्ती मनाउने क्रममा सबल पक्षका बारेमा बखान्नेहरूले उनले नेपालको भौगोलिक एकीकरणको क्रममा गरेका कमी कमजोरीहरू र दुर्बल पक्षका बारेमाचाहिँ ‘चुँ …’ पनि नगर्ने ?

यसरी कसरी भावनात्मक एकता हुन्छ ? कि हुन्छ । जस्तो यो पंक्तिकारको पुख्र्यौली थलो सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रको पिल्मो÷पेल्माङ हो । तर, तेह्रथुमको सम्दु–६-७मा हाम्रो पुर्खाहरू गएर बसेको हो । मसँग ७-८ पुस्ता हुन्छ । । यहाँ यो प्रसंग किन उठाएको हो भने, नेपालको भूगोल एकीकरणसँगै सम्बन्धित भूगोलमा हिन्दू धर्म, संस्कार, संस्कृति, (त्यो वेला नेपाली नभनेर खसभाषा÷गोरखाभाषा भनिन्थ्यो) भाषा, भेषभूषा, रहनसहन पनि लादियो ।

ल ठीक छ, एक छिनलाई मानौं कि, त्यो वेला पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण नगरेको भए आज नेपाल भन्ने देश रहने थिएन । तर, हिन्दू धर्म, संस्कार, संस्कृति, भाषा, भेषभुषा, रहनसहन पनि नलादेर उदारता देखाएको भए के बिग्रिन्थ्यो ? उल्टै राजा रणबहादुर शाहको पालामा लिम्बुवानका लिम्बूहरूलाई अब उप्रान्त लिम्बु भाषा होइन, गोरखा-खस भाषामा लेखपढ गर्नुपर्ने गाई मार्न नपाइने आदि आशयको र लिम्बू भाषा र संस्कृतिमाथि प्रतिबन्ध लगाउने आशयको चिठी पठाइयो । हुन पनि लिम्बू जातिले मेःफ्रेवाः (लिम्बू जातिहरूको बसोवास र ठाउँअनुसार फरक उच्चारण हुन सक्छ) भन्ने पूजा गर्दा गाईको टाऊको राख्नुपथ्र्यो÷पर्छ । यसरी हेर्दा भूगोल एकीकरण गरेकै हो, त्यो कुरो स्वीकार गर्न सकिन्छ । तर, …

जे भए पनि ०४६ सालको राजनैतिक परिवर्तनपछि नेपालका आदिवासी जनजाति, मधेसी, दलितलगायत उत्पीडित जातजाति र वर्गका मान्छेहरूले नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहका दुर्बल पक्षबारे छिटफुट रूपमा टिप्पणी गर्न पाएका हुन्टि-प्पणी गर्न पाइएको छ । अझ, ०६२-६३ को परिवर्तपछि त राज्य पक्षकै केही उदारवादी बाहुन क्षेत्रीहरूले नै नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहका कमी कमजोरी र दुर्बल पक्षका बारेमा लेख्न र बोेल्न वा भनौं सार्वजनिक रूपमा बहस गर्न थालेका छन् । जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । मान्नु पनि पर्छ ।

प्रतिक्रिया