गिल भारतीय टेस्ट टोलीका कप्तान

नयाँ दिल्ली । शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । बिसिसिआईले उनलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको हो । रोहित शर्माले टेस्टबाट सन्न्यास लिएसँगै टेस्ट टोलीको कप्तान खाली थियो । उनले इंग्ल्यान्डविरुद्धको सिरिजबाट टेस्ट क्रिकेटमा भारतको कप्तानी गर्नेछन् । ऋषभ पन्तले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

भारतीय क्रिकेटमा गिलको नेतृत्व क्षमता तथा आत्मविश्वासलाई धेरैले चासोपूर्वक हेरिरहेका थिए । यसअघि विभिन्न समयमा भएको उनले आफने नेतृत्व क्षमता पुष्टि गरिसकेका छन् । टोलीका सिनियर खेलाडी विराट कोहलीले पनि सन्न्यासको घोषणा गरेका छन् भने अन्य धेरै सिनियर खेलाडीले सबै खेलमा अवसर पाउने निश्चित छैन । टोलीका सबैभन्दा भरपर्दा खेलाडी तथा यसअघिका कप्तान जुप्रित बुमराहमा फिटनेस समस्या भएका कारण उनी पनि सबै खेलमा समावेश हुने छैनन् ।

भारतीय टोलीमा बुमराहको अलवा मोहम्मद सिराज आकाश दिप, प्रसिद्ध कृष्ण र आसीदीप सिंह टोलीमा छन् । विशेषज्ञ स्पिनरको रूपमा कुलदिप यादव मत्र टोलीमा छन् । फेब्रुअरी महिनामा चोटबाट मुक्त भएका मोहम्मद सामीलाई धेरे भार नदिनका लागि टेस्ट टोलीमा समावेश नगरिएको हो । बोर्डर गावस्कर ट्रफीमा टोलीमा अटाएका सरफराज खान र हर्सित राना भने टोलीबाट बाहिरिएका छन् ।

ब्याटिङ समूहमा गिलको साथमा यसस्वी जयसवाल, के एल राुहल अभिमन्यु एसवरन, साइ सुदर्शन र करुण नइर छन् । ऋभप पन्तको साथमा ध्रुव जुरेल पनि टोलीमा छन् । टोलीमा ४ अलराउडर छन् । स्पिनर अलराउन्डर वासिङटन सुन्दर र रविन्द्र जड्जा टोलीमा छन् । २ सिमर अलराउन्डर सार्दुल ठाकुर र नितिस कुमार रेड्डी पनि टोलीमा छन् ।

सन् २०२५ देखि २०२७ को साइकलमा भारतले इंग्ल्यान्डसँग ५ टेस्ट शृंखला खेल्ने छ । सोही ५ मध्येको पहिलो शृंखला यही हो । पहिलो टेस्ट २० जुनमा सुरु हुने छ भने दोस्रो टेस्ट २ जुलाईमा सुरु हुने छ । १० जुलाईमा तेस्रो, २३ जुलाईमा चौथो तथा ३१ जुलाईमा पाँचौँ टेस्ट हुने छ ।
यसअघि बंगलादेशसँगको शृंखलाका लागि गिल उपकप्तान घोषित भएका थिए । भारतीय टोलीमा पछिल्ला ५ वर्षमा भरपर्दा ब्याट्सम्यान ठहर भएका ऋषभ पन्त कार दुर्घटनाबाट मुक्त हुँदै भर्खर खेलमा फर्किएका छन् ।

प्रतिक्रिया