गुराँस लाइफ र कामना बैंकबीच बैंकासुरेन्स

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

कामना सेवा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्यले दुई संस्थाबीच बैंकासुरेन्स सम्झौता भएको बताइएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले हस्ताक्षर गरे । कामना सेवा विकास बैंक लि

 

मिटेडका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा सहज रूपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बिमा बजारमा नौलो र आकर्षक योजनाहरू प्रस्तुत गरेको छ ।

प्रतिक्रिया