एक्सेल्सियर कप बुधबारदेखि

काठमाडौं । द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुँदै छ । एक्सेल्सियर कपमा फुटसल र बास्केटबल स्वयम्भूस्थित विद्यालयकै खेल मैदानमा प्रतिस्पर्धा हुने हुनेछ । फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

फाइभ ‘ए’ साइडको स्वरूपमा हुने दुवै उमेरसमूहको फुटसलमा समान १६–१६ टिमको सहभागिता रहने छ । यु–१२ मा राजश्री गुरुकुल र यु–१६ मा माउन्ट ग्लोरी डिफेन्डिङ च्याम्पियन हुन् । बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १३ र गल्र्समा १२ टिमको सहभागिता निश्चित भएको आयोजकले जानकारी गरायो ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा सेब र गल्र्समा स्किब्स साविक विजेता हुन् । फुटसल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा खेलाइनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ रूपैयाँ खर्च हुनेछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।

प्रतिक्रिया