डा. केसीको अनशनमा अल्झिएका ओली

सरकारले यसपटक डा. केसीका मागहरू पूरा भइसकेको प्रचारबाजी गर्दैछ । यो जनतालाई दिएको भ्रम हो । जनता भ्रमको पछि लाग्दैनन् । जनता अहिले धेरै चेतनशील र जानकार छन् । यो युगमा जनतालाई भ्रममा पार्न खोज्नु मुर्खता हुनेछ । अहिले जनता आफै बुझ्न सक्छन् । जनताको चेतनास्तर धेरै माथि छ । यो पूरानो युग होइन यो नयाँ युग हो । जनतालाई भ्रम छर्ने काम कसैले नगरौं

इलाममा १६औं अनशनमा बसेका डा. गोविन्द केसीको अवस्था नाजुक भए पछि उनलाई सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतामा भर्ना गरिएको छ । यस बाहेक सरकारले खासै चासो राखेको देखिदैन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ । इलाममा पुगेर अनशनमा बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था निकै गम्भीर हुन पुगेको थियो ।

गम्भीर डा. केसीलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया भएका कारण उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका थिए । तर, उनलाई भर्ना गरिएको अस्पतालमा आइसियु सुविधा थिएन । जसले गर्दा उनको जीवन जोखिममा रहेको थियो । इलाममा अनशन बसिरहेका डा. केसीबारे सरकारले चासो नदेखाएका कारण नागरिक समाजदेखि सर्वसाधरण जनतासमेत उनको जीवन रक्षाका लागि आवाज उठाउँदै आएका छन् ।

सरकार र केसीबीच भएका सम्झौता पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा सबैले जोड दिएका छन् । नागरिक समाजका अगुवा तथा बुद्धिजीविहरूले डा. केसी सग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार सँग जोडदार रूपमा माग गरेका छन् । डा. केसीको विग्रँदाे स्वास्थ्य अवस्था प्रति चासो र चिन्ता प्रकट गरेका छन् । विगतमा डा. केसीसँग भएका सहमति अक्षरशः कार्यान्वयन गर्न नागरिक अगुवाहरूले सरकारलाई दबाब दिइरहेको छ । तर, सरकार यो मागबारे पटक्कै सुन्न चाहँदैन । जसले गर्दा परिस्थिति विग्रदो अवस्थामा गएको छ । सरकारले गोविन्द केसीको माग पूरा गर्नुपर्छ ।

विगतका सम्झौताहरूलाई अक्षरशः पूरा गर्नुपर्छ । न्यायको निम्ति लड्ने केसीको पक्षमा जनमत बढदो रूपमा छ । डा. केसी चट्टानी अडानमा अडिग छन् । अब सरकारले कुनै ढिला नगरी यसबारे गम्भीरता देखाउनुपर्ने जरुरी देखिएको छ । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिनु भनेको यो ठूलो दुर्भाग्य हो । विभिन्न पेसाकर्मी, स्वास्थ्यकर्मी , ब्यवसायी, तथा सम्पूर्ण जनता केसीको पक्षमा उभिएका छन् ।

जनताको साथ र समर्थन डा. केसीको पक्षमा देखिएको छ । यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्छ । यदि सरकार यो विषयमा गम्भीर बनेन भने समस्याआउने छ । समस्याको समाधान छिटो खोजिनु पर्छ । समय घर्किसकेपछि खोजेको समाधानले कुनै निकास दिने छैन । यो बारे सरकारले हेक्का राख्नुपर्छ । डा. केसीको पक्षमा सडकमा जनता उत्रिसकेका छन् । जनताको आवाजलाई सरकारले थेग्न नसक्ने अवस्था आयो भने के हुन्छ ? यो बारे समयमै बुझ्न जरुरी देखिएको छ । सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने काम राम्रो होइन । विगतमा सम्झौता गरिसकेपछि त्यो सम्झौता कार्यान्वयन गर्नुपर्छ ।

कसैले कसैलाई धोका दिने काम गर्नु हुँदैन । विगतमा भएका सम्झौता कार्यान्वयन नगर्नु यो धोका हो । अब सरकारले समयमा नै सोच्न सकेनौँ भने मुलुकमा संकट निम्तन सक्छ । अब हामी सबैले केसीसँग भएका समझौता कार्यान्वयन गर्न सरकारलाई दबाब दिनु पर्छ । जनताको दबाबबिना सरकारले सुन्नेवाला छैन । सरकारले धोका दिएपछि डा. केसीको यो १६औँ अनशन हो । उनले १५औँ अनशन जुम्लामा सुरु गरेका थिए ।

डा. केसीको समर्थनमा उर्लेको जनसागरलाई सरकारले थेग्न नसकेपछि प्रधानमन्त्री ओलीकै अग्रसरतामा उनका मागहरू पूरा भएका थिए । तर, सहमति कार्यान्वयन नभएपछि फेरि डा. केसी अनशन बस्नुपरेको हो । विगतझैँ यसपटक पनि सरकारले डा. केसीलाई ठूलो धोका दियो । डा. केसीसँग सरकारले सम्झौता विपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि उनले १६औँ अनशन सुरु गरेका हुन् ।

सरकारले यसपटक डा. केसीका मागहरू पूरा भइसकेको प्रचारबाजी गर्दैछ । यो जनतालाई दिएको भ्रम हो । जनता भ्रमको पछि लाग्दैनन् । जनता अहिले धेरै चेतनशील र जानकार छन् । यो युगमा जनतालाई भ्रममा पार्न खोज्नु मुर्खता हुनेछ । अहिले जनता आफै बुझ्न सक्छन् । जनताको चेतनास्तर धेरै माथि छ । यो पुरानो युग होइन् यो नयाँ युग हो । जनतालाई भ्रम छर्ने काम कसैले नगरौं । अहिले डा. केसीको पक्षमा रहेको जनमत सरकारविरुद्ध आक्रोशित छ । यतिखेर डा. केसीको जीवन रक्षाका लागि दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको छ । उनको जीवन बचाउनुपर्छ ।

यदि डा. केसी तलमाथि भए भने भोली मुलुकमा समस्या आउनेछ । यसमा सबै सचेत बन्नु जरुरी छ । डा. केसीको जीवन जोखिममा देखिएकाले विगतमा जस्तै अहिले पनि डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् । यो सरकारलाई ठूलो चुनौति हो । सरकारले वेलैमा नै डा. केसीसँग वार्ता गरी विधेयकमा राखिएका पूर्वसम्झौता विपरीतका प्रावधान हटाएर समस्याको समाधान छिटोभन्दा छिटो गर्नुपर्छ । १४औँ दिन पुगिसक्दा पनि केसीको अनशन टुंगिने कुनै छाँटकाट नै देखिएको छैन । आफ्नो स्वस्थ्य अवस्था बिग्रँदा पनि डा. केसीले माग पूरा नहुन्जेलसम्म अनशन तोड्ने संकेत देखिएको छैन ।

सरकार पनि केसीको मागप्रति त्यति संवेदनशील देखिएको छैन । बरु केसीको माग पूरा भयो भन्दै प्रचार गर्दै हिँडेको छ । सत्तारूढ दल नेकपाका नेता योगेश भट्टराईलगायत नेताहरू डा. केसीको अनशनप्रति निकै आक्रामक देखिएका छन् । यो राम्रो संकेत होइन । यस्ता अभिव्यक्तिले समस्याको समाधान हुन सक्दैन । अनशनरत डा. केसीको समर्थन गदै दिनहुँजसो काठमाडांैमा प्रदर्शन भइरहेको छ । मुलुकको चिकित्सा शिक्षामा व्याप्त विकृति मौलाएको छ । यस क्षेत्रमा माफियाहरूको बाहुल्यता छ । जसले गर्दा समस्याको समाधान हुन सकिरहेको छैन । मेडिकल कलेजहरूलाई जथाभावी स्वीकृति तथा अनुमति प्रदान गरी चिकित्सा शिक्षा क्षेत्रलाई बदनाम गराएको भन्दै यस क्षेत्रको सुधारका माग राखी केसी पटक–पटक अनशन बस्दै आएका छन् ।

देशमा अहिले कम्युनिस्टको सरकार छ । यो सरकारले देश र जनताको पक्षमा सोचेअनुसार काम गर्न सकेन भन्ने जनगुनासाहरू पनि सुनिदै आएको छ । यो सरकारबाट आम जनताले सुरुआतीका दिनमा धेरै आश गरेका थिए । तर, अहिले त्यस्तो स्थिति देखिँदैन । अहिले जनता सरकारको काम कारवाही हेरेर निराश देखिन थालेका छन् । देशमा परिवर्तनको अनुभूति जनताले पाउन सकिरहेका छैनन् । यो नै दुखको कुरा हो । सबै क्षेत्रमा निराशै निराशको अवस्था छ । जनतालाई आशा जगाउन सरकारले सकिरहेको छैन । चिकित्सा क्षेत्रमा यो विकृति मौलाउनु भनेको ठूलो समस्या हो । चिकित्सा शिक्षाजस्तो संवेदनशिल क्षेत्रमा समेत निष्पक्षता देखाउन नसक्नु नै सरकारको गम्भीर कमजोरी हो ।

स्वार्थी समूहको प्रभावमा परी तिनकै हितको पक्षमा उभिनुले नै सरकारप्रति जनताको विरोध भएको हो । नेपाली कांग्रेसलगायत विपक्षीदलहरू केसीको समर्थनमा देखिएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत डा. केसीको समर्थनमा लाग्दै आएका छन् । यसले सरकारलाई दबाब सिर्जना गरेको छ । सत्य कुरा बोल्न र सत्यको पक्षमा लाग्न कुनै हिचकिचावट गर्नु हुदैन ।

डा. केसीलाई गाली गर्न सत्तारूढ दल नेकपाका नेता तथा कार्यकर्ताहरूको जमात लागेको छ । प्रधानमन्त्री ओलीले यही जमातलाई मात्र विश्वास गर्ने हो भने मुलुकले ठूलै अनिष्ट सहनुपर्ने हुन सक्छ । ओली विदेश भ्रमणमा छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा डा. केसीको जीवन खतरामा परे के हुन्छ ? यो बुझ्न जरुरी छ । उनको जीवन तलमाथि भयो भने नागरिक समाज मात्र होइन, सम्पूर्ण देशवासी नै सडकमा उत्रर्न हिचकिचाउने छैनन् । यो कुरा नेपाल सरकारले राम्रोसँग बुझे हुन्छ ।

प्रतिक्रिया