आमा समूहको सक्रियतामा घरवास

लमजुङ । बेंँसीसहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरवास (होमस्टे) सञ्चालन गरेका छन्् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास सुरुआत गरेका हुन । गाउँका पाँच घरमा पूर्वाधार तयार गरी घरवास सञ्चालनमा ल्याइएको सञ्चालकसमेत रहनुभएकी आमा समूहका अध्यक्ष सुकमाया गुरुङले  बताईन । सञ्चालक प्रत्येकले आमा समूहबाट घरबासका लागि रु ४० हजार ऋण लिएका छन्् ।

‘पूर्वाधार निर्माणमा रु दुई लाख खर्च भएको छ,’ उनले भने, ‘अन्य रकम होमस्टे सञ्चालकले आफै जुटाएका हुन् ।’ केही घरमा नयाँ तथा केहीमा पुराना कोठालाई व्यवस्थित गरिएको छ । प्रत्येक घरमा ६÷६ जनालाई राख्न सकिने कोठा तयार गरिएको छ । ‘एकै पटक ३० जनासम्म पाहुना राख्न मिल्ने गरी संरचना निर्माण गरिएको छ,’ गुरुङले भने । पाहुना बढी भए गाउँका अन्य घरमा राख्ने व्यवस्था मिलाइएको छ ।

कोदोबाट बनाइएको ढिँडो, रोटी, लोकल कुखुराको मासु, मकै, फर्सी, बन्दागोभी, काउली, ब्रोकाउली, आलुलगायत अग्र्यानिक परिकार पाहुनालाई खुवाइने घरबास सञ्चालक बताउँछन्् । एक रातको प्याकेज एक जना बराबर ५५० तोकिएको छ । स्थानीयवासी दुर्गाबहादुर गुरुङका अनुसार गाउँमा आउने पाहुनालाई घाँटु, कृष्णचरित्र, झ्याउरे लगायत नाच देखाइन्छ ।

पुमा गाउँमा ४८ परिवारको बसोवास छ । स्थानीयवासीले आयआर्जन बढाउन र पर्यटन प्रवद्र्धन गर्न सामूहिक चियाखेती तथा कफी खेती थालेका छन्् । प्रायः सबैले तरकारीखेती गर्दै आएका छन्् । बेँंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल घलेगाउँ जाने बाटोमा रहेको पुमा गाउँमा विकासका सम्भावना धेरै रहेको बताए । बेंसीसहरबाट बिम्दाबेंसी हुँदै ११ किलोमिटरको दूरीमा पर्ने पुमा गाउँ एक घण्टामा पुगिन्छ । चण्डीस्थान हुँदै समेत आठ किलोमिटरको दुरीमा रहेको पुमा गाउँ पुग्न सकिन्छ । चालु आर्थिक वर्षमा सो क्षेत्रको सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

प्रतिक्रिया