सामाजिक सद्भावको अपरिहार्यता

जातीय एवं सामाजिक सद्भावको अन्नत मिलन विन्दुको परिणामले निम्ताएको सफल परिणीतिको रूपमा दशैँ–तिहार, क्रिसमस, ईद–उल फित्र एवं बुद्धपूर्णिमा जस्तो ऐतिहासिक महत्वका उत्सवलाई नेपालमा रहेका विविध जातीय सम्प्रदायले भावनात्मक रूपमा अपनाएका हुन्

मुलुकभित्र रहेका अनेकन जातीय सप्रदाय माझ सद्भावको सदैव खाँचो रहन्छ । सद्भाव यस्तो जादुगरि कसी हो, जसमा सम्बद्ध मुलुकका विविध भाषाभाषी, भेषभूषा, धर्मसंस्कृति, एवं रहन–सहनलाई एकताको सुत्रमा मजबुत ढंगले आबद्ध गराउन सक्ने अलौकिक शक्ति समाहित रहेको हुन्छ ।

जसको सफल परिणाम स्वरूप आमनागरिक समुदायबीच आपसी सद्भाव एवं भाइचाराको अभिवृद्धि गराउँदै राज्यले आटेको समृद्धिको मार्गमा एक आपसमा वैमनष्य नभई हातेमालो गर्दै क्रमबद्ध रूपमा अगाडि बढ्ने हौसला एवं प्रेरणा प्रदान गर्दछ । परिणामतः विगतका द्वन्द्वात्मक अनुभूतिका घाउहरूमा मलहम लगाउँदै सद्भावको डोरिले एक अर्को पक्षलाई बाँध्दै समृद्धिको सफलता हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । नेपाललगायत घरेलु द्वन्द्वको चपेटामा परेको विश्वका अधिकांश मुलुकबाट द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्नु छ, भने नागरिक–नागरिक बीचको आपसी सद्भावलाई पृथक् राख्न मिल्दैन ।

पक्कै पनि सामाजिक सद्भावमा द्वन्द्व अटाउँदैन, तर त्यही सद्भावले द्वन्द्वलाई विस्तापित गर्दै आदर्श समाजको परिकल्पनामा समृद्धिको खाका कोर्ने छ । नेपालजस्तो अत्यधिक धार्मिक आस्थामा रमाउन चाहने समूहको सामाजिक परिवेशमा हिन्दू, मुस्लिम इसाई, बुद्धिस्ट, शिख लगायतका अनेकन धर्मावलम्बीको ऐक्यबद्धताको सेतु सामाजिक सद्भाव हो । जसरि सेतुको कुनै एक स्थानमा अड्चन देखिए पुनर्निमार्णको आवश्यक हुन्छ, त्यसैगरि जातीय पहिचानको आडमा धार्मिक सद्भावमा खिचलो उत्पन्न भए सद्भावरूपी सेतुले यथार्थमा कार्य गर्न नसक्दा मुलुकमा जातीय एवं धार्मिक अराजकताको सम्भावना निश्चित छ ।

मुलुकका अनेकन राजनीतिक विचारधाराले प्रेरित समूहले कहिले धर्मनिरपेक्षता त, कहिले धार्मिक स्वतन्त्रताका पक्षमा दिईने अभिव्यक्तीले धार्मिक एवंं जातीय सद्भावमा विखण्डनको बिज–बिजारोपण हुन सक्छ । जसले सामाजिक विकृति निम्त्याउने सम्भावना जीवन्त रहन्छ । जुन मुलुक र जनताको लागि घातक सावित हुन सक्नेछ । किनकि, मुलुकको गणतन्त्रात्मक संविधान ०७२ ले धर्मनिपेक्षतालाई अख्तियारि गर्दै कार्यान्वयनमा ल्याएको वर्तमान अवस्था हो । यसमा द्विविधा उत्पन्न गर्नु भनेको जातीय सद्भावमा विचलन ल्याउन खोज्नु हो । तथापि, धार्मिक स्वतन्त्रता प्रत्येक नेपालीको संविधानतः प्रद्त मौलिक अधिकारका विषय हुन् ।

किनकि, जन्मदै कुनै पनि मानव सम्प्रदाय विविध जातजाति–धर्म सम्प्रदायका पक्षपोषक किमार्थ हुन सक्दैनन् । यो त केवल भिन्न परिवेशमा रहेको सामाजिक–सांस्कृतिकताको विविध रूपमात्र हुन् । तसर्थ यसमा विमति रहनु हँुदैन । यदि, रहन्छ भने सर्वपक्षीय अहितकारि कार्य मात्र मान्न सकिन्छ ।

यद्यपि, सद्भाव केन्द्रित भावनाको अभिवृद्धिले मात्र आत्मीयताको अभ्युदय गर्न पूर्ण सहयोग गर्नेछ । यसै जातीय एवं सामाजिक सद्भावको अन्नत मिलन विन्दुको परिणामले निम्ताएको सफल परिणीतिको रूपमा दशैँ–तिहार, क्रिसमस, ईद–उल फित्र एवं बुद्धपूर्णिमा जस्तो ऐतिहासिक महत्वका उत्सवलाई नेपालमा रहेका विविध जातीय सम्प्रदायले भावनात्मक रूपमा अपनाएका हुन् । जसलाई जातीय एवं धार्मिक सद्भावको अनुकरणीय उपमाको रूपमा प्रस्तुत गर्न सकिन्छ । जुन विश्वका अन्य मुलुकमा विरलै मात्र भेटिन्छन् । जसमा प्रत्येक नेपालीको आपसी सद्भाव युग–युगान्तरसम्म जिवन्त रहने छ । यो नै आपसी भ्रातृत्व प्रेम एवं भाइचाराको न्यानो अभिवादको मूर्त रूपसमेत हो ।

वर्तमान लोकतान्त्रिक परिवेशको कतिपय अवस्थामा सामाजिक परिवेशले निम्ताएको विविध जातीय पहिचानका विचमा सहभोजको आयोजनाले जातीय छुवाछुतको सन्दर्भमा नौलो आयाम थप्न थप मद्दत पु¥याएको छ । किनकि, मुलुकी ऐन २०२० तथा तत् सम्बन्धमा भएका अनेकन सशोधनले मुलुकमा कुनै पनि प्रकारको जातीय–धार्मिक विभेद तथा छुवाछुतलाई कानुनी मान्यता प्रदान गरिने छैन भन्ने कुरालाई औँल्याएको छ । तथापि, व्यवहारिक रूपमा कतिपय अवस्थामा अमिल्दो रहेको प्रस्तुत व्यवहारलाई नेपाली सामाजिक परिवेशबाट विस्थापित गर्ने सु–उद्देश्यले जनचेतना अभिवृद्धिका लागि आजभोलि विविध जातीय एवं धार्मिक सम्प्रदायका बीच सहभोज तथा सहकार्यको आरम्भ गरेको भेटिन्छ । यी यस्ता सकारात्मक कार्यहरू हुन् जसले जातीय सद्भावको अभिवृद्धि गर्दै द्वन्द्व न्यूनीकरण गर्ने कार्यमा कोसेढुंगा सावित हुनेछ ।

समाजविरोधी जातीय विखण्डनका पक्षधरलाई समाजमा नग्याऊन यस प्रकारको कार्यले जातीय मुक्ति अभियानको अभियन्ताहरूलाई थप सहयोग पुग्न गई सामाजिक सद्भावको उल्लेखनीय अभिवृद्धि हुन जाने देखिन्छ । विविध कारणले मुलुकको राष्ट्रिय धारमा पछि परेको समूहको उत्थानमा यस प्रकारका गतिविधिले सम्बद्ध पक्षको आत्मबल बढ्न गई सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ ।

मुलुकमा अवस्थित विविध जातीय सम्प्रदायले आफ्नो मौलिक पहिचानको रक्षा गर्दै द्वन्द्व न्यूनीकरण गर्ने कार्यमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्ने हो भने निश्चित रूपमा सामाजिक असमझदारि भन्ने प्रश्न नै उठ्ने छैन । किनकि, अपवाद बाहेक मुलुकमा अन्य अवस्थामा जातीय विभेद नभएको मूल कारक तत्वको रूपमा सद्भावलाई लिन सकिन्छ । जहाँसम्म सद्भाव रहन्छ त्यो वेलासम्म जातीय आत्मीयतामा कुनै पनि अवरोध आउने छैन ।

अत ः शान्तिको पूर्ण–प्रतिबद्धतामा अडिग रहेको वर्तमान नेपाली सद्भावमा आँच आउने कुनै पनि कार्य कुनै दल वा सम्प्रदाय विशेषले राख्ने चेष्टा गर्छन्, भने निश्चित रूपमा उक्त कार्यको प्रत्योपादक परिणाम भोग्न सम्बद्ध पक्ष तयार रहनु पर्नेछ । किनकी आजको बहुसख्यत नेपालीजनको चाहना भनेको मुलुकको आर्थिक समृद्धि नै जुन निसन्देश जातीय सद्भावमा निहित छ ।

परापूर्व अवस्था देखिन नै नेपालराज्य भनेको बहुभाषिक, बहुजातीय, विविध धार्मिकता पनि एकता एवं अनेकन सामाजिक विविधतामा पनि ऐक्यबद्धता आम नेपालीको वास्तविक पहिचान हो । यद्यपि मुलुकको समृद्धिको नाममा अनेकतामा रहेको एकतालाई धमिल्याउने प्रयास गर्नु भनेको विकासको लागि बाधक तत्व मान्न सकिनेछ । जातीय स्दभावको अभिवृद्धिले मात्र समाजमा हुने पृथक् धार्मिक एवं जातीय हिसांलाई न्यूनीकरण गर्दै समृद्धिको मार्गमा हरेक तह र तप्काका जातीय समुदायलाई समाहित गर्न सकिनेछ । जसको सफल परिणामस्वरूप मुलुकबाट क्रमबद्ध रूपमा गरिबी न्यूनीकरण गर्न पूर्ण सहयोग पुग्न जानेछ भन्दा फरक नपर्ला ।

हाम्रै छिमेकी राष्ट्र भारत एवं श्रीलंकामा जस्तो जातीय सद्भावको अभावमा निम्तिएको अकल्पनीय घरेलु द्वन्द्वको प्रभाव नेपाल राज्यको कुनै पनि भूभागमा आज पर्यन्त रहेको देख्न पाइँदैन । जसको प्रमुख कारक तत्वको रूपमा जातीय सद्भावको असिमित विशेषतालाई लिन सकिन्छ । विवेक सम्मत ढंगले आफ्नो जातीय–धार्मिक सद्भावलाई अक्ष्युण राख्दै अन्य समान समुदायलाई हितभावले कार्य गर्ने तदारुकता दर्शाउँदै सोही अनुकुलको व्यवहारमा लाग्ने चेष्टा गर्ने हो भने, निश्चित रूपमा सामाजिक सद्भावको प्रभावकारिताको सन्दर्भमा कुनै पनि प्रकारको प्रश्न उठाउने ठाउँ रहँदैन । जसको बलमा स्थायी शान्ति बहाल गर्न हामी नेपाली पूर्णतया सक्षम रहने छौँ । जसमा निःसन्देह विकास एवं समृद्धि सम्भव रहन्छ ।

प्रतिक्रिया