अर्धनग्न भीमफेदी गाइज

काठमाडौं । गायक उत्सव सुब्बा लामाको स्वर रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ’ गीतको भिडियोमा भीमफेदी गाइजको अर्धनग्न दृश्य सार्वजनिक भएको छ । भीमफेदी गाइजले ल्याएको नयाँ म्युजिक भिडियोलाई मनाङका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।

तामाङ सेलो शैलीमा रहेको उक्त गीतको छायांकन मनाङको माइनस १० डिग्री चिसो तापक्रममा गरिएको हो । गीतमा आफूहरुले निकै मिहिनेत गरेको गाइजका निर्मल लामाले जानकारी दिए । उनले भने, ‘गीतको भिडियोलाई दर्शकले मन पराउनुहुने विश्वास राखेका छौं ।’

भीमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङ खाएपछि हुने दुर्घटनालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लठ्ठ भएपछि लुटिएको दृश्यमा भीमफेदीका कलाकार माइनस १० डिग्रीको चिसोमा अर्धनग्न बनेका थिए ।

मिनसागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् ।

प्रतिक्रिया